ग्रामिण एकिकृत अनुसन्धान केन्द्र किर्डाकले मनायो २३औ बार्षिक उत्सव

जुम्ला : आज ग्रामिण एकिकृत अनुसन्धान केन्द्र किर्डाकको २३ औ  बाषिक उत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न  भएको  छ ।

उक्त  अवसरमा किर्डाकले अहिले सम्म गर्दै  आएको काम र आगामी  दिनमा गर्ने कामको विषयमा  किर्डाक नेपाल जुम्लाका  जिल्ला  संयोजक रबिन्द प्रसाद शर्माले जानकारी  दिनुभएको  थियो ।

यस्तै रेडियो कर्णाली जुम्लाका  स्टेसन म्यानेजर गोर्खबहादुर थापाले कर्णालीमा सञ्चार क्षेत्रको विकासको लागि किर्डाकले पु¥याएको योगदानको चर्चा गर्नु भएको थियाउ । यता उधोग बाणिज्य संघका अध्यक्ष पुरी चन्द्र देबकोटाले किर्डाक नेपालले जुम्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुराएको  र राम्रो काम गरेकोले जुम्लाको सान भएको बताउनु भएको छ ।

जिल्ला सरकारले बनाएको नीति नियममा कर्णालीको आवाज सरकारले नसुनेका कारण सुनाउने उदश्यले किर्डाकको १९९९मा स्थापना  गरीएको हो। आज किर्डाकले २३औ  बर्ष पार गरेको छ।

किर्डाक नेपाल जुम्लाका बोर्ड सदस्य देबकि श्रेष्ठको अध्यक्षता मा कार्यक्रम सम्पन भएको हो । तिला गाउँपालिका स्तरिय बाल भेला कार्यक्रम सम्पन
किर्डाक नेपाल जुम्लाको समन्वय र तिला गाउँपालिका जुम्लाको आयोजना र वल्ड भिजन ईन्टरनेशनलको सहयोगमा तिला गाउपालिकाले पालिका स्तरीय बाल भेला सम्पन्न गरेको छ।

यस्तै तिला गाउँपालिका  वडा न ९ नदैदेबि आधारभुतका शिक्षक पुनिलाल थापाले बालबालिका सम्बन्धि  विभिन्न कार्यक्रम  गाउँ  भन्दा बजार मुखि भएको गुनासो गर्नु भएको छ। यस्तै  रेडियो कर्णाली जुम्लाका कार्यक्रम संयोजक नौरते नेपालीले सामाजिक न्याय  सामाजिक परिचालन वा महिला  शिक्षाको क्षेत्रमा  बाल बिबाह छाउपडि बिरूद बालकलबले काम गर्ने बताउनु भएको छ।

उहाले बाल भेला आफैमा भरिपुर्ण भएको बताउनु भयो ।यस्तै बालभेलामा सहभागीले कार्यक्रममा सिकेका कुरा भोलिको दिनमा आफुले अनुसण गरेर अगाडि बढ्ने बताएका छन ।

तिला गाउँपालिका जुम्लाका गोरिकला बुढाले तिला गाउँपालिकामा २९वटा बिधालयमा भएका सबै बिधालयका समस्या हरुलाई उपप्रमुखको हैसियतले समधान गर्न तर्फ अग्रसर बढ्ने बताउनु भएको छ।

सम्बन्धित शीर्षक