पेट्राेलमा प्रतिलिटर २१, डिजेलमा २७ रूपैयाँ बढ्याे

  ।   ६ असार २०७९, सोमबार ०७:५७

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

Next Post

ग्रामिण एकिकृत अनुसन्धान केन्द्र किर्डाकले मनायो २३औ बार्षिक उत्सव

६ असार २०७९, सोमबार ०७:५७
जुम्ला : आज ग्रामिण एकिकृत अनुसन्धान केन्द्र किर्डाकको २३ औ  बाषिक उत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न  भएको  छ । उक्त  अवसरमा किर्डाकले अहिले सम्म गर्दै  आएको काम र आगामी  दिनमा गर्ने कामको विषयमा  किर्डाक नेपाल जुम्लाका  जिल्ला  संयोजक रबिन्द प्रसाद शर्माले जानकारी  दिनुभएको  थियो । यस्तै रेडियो कर्णाली […]