जुम्ला आउँदै गरेको एम्बुलेन्स दुर्घटना

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटनामा परेको छ  । गोठी जीउलादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा सवार पाँचै जना यात्रु सकुशल छन् ।

एम्बुलेन्स गोठी जीउलादेखि बिरामी लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला आउँदै थियो । क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार बाटो फराकिलो भए पनि चालकको लपारबाहीले एम्बुलेन्स दुर्घटना भएको हो । बिहान नौ बजे जुम्ला जाने क्रममा कनकासुन्दरीको ५ नम्बर वडाको दाँते ओेखरमा गाडी रोकेर चालक बाहिर निस्केका थिए । गाडीमा रहेका यात्रुले गाडी हल्लाएपछि गाडी पछाडीबाट गुडेर दुर्घटना भएको चालक डम्मर बुढाले बताएका छन्।

कर्णाली राजमार्गको दाँते ओखरदेखि २० मिटर तल धानको बीउ राखेको खेतमा एम्बुलेन्स दुर्घटना भएको छ ।

सम्बन्धित शीर्षक