हिमाका सबै नागरिकको स्वास्थ्य विमा गर्ने अध्यक्ष शाहीको निर्णय

हिमा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष लक्ष्मण शाहीले पदबहाली गर्नु भएको छ । शुक्रबार एक समारोहका बिच अध्यक्ष शाहीले पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण गर्दै उहाँले हिमा गाउँपालिकाका सम्पूर्ण घरधुरी र जनताको लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गर्नु भएको छ ।

नमुना परिक्षणको लागि भैरव आधारभुत व्द्यिालय हिमा ३ जोगिवाडामा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने, हिमा गाउँपालिकाका सम्पूर्ण वडा कार्यालय, सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था र प्रहरी चौकीहरुमा फ्रि वाईफाइ र सि.सि. क्यामरा जडान गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीले बताउनु भयो ।

६० बर्ष माथिका जेष्ठ नागरिक, गर्भवति महिला, सुत्केरी महिला, गरिब, बिपन्न, अपाङ्ग तथा असाहय ब्यक्तिहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिने भएको छ । हिमा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालयहरुमा विद्युतिय हाजिरीको ब्यबस्था गरिने निर्णय शाहीले पदभार ग्रहण गर्ने क्रममा निर्णय गर्नु भएको छ ।

सम्बन्धित शीर्षक