ओली र नेपालबीच वार्ता सुरु

एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ओली र नेपालबीच वार्ता सुरु भएको हो।

सो वार्तामा आन्तरिक विवाद समाधानका लागि बनाउने भनिएको कार्यदल लगायतका विषयमा छलफल हुने बताइएको छ।

यसअघि अघिल्लो बिहीबार पनि ओली र नेपालबीच वार्ता भएको थियो। नेपाल पक्षले एमालेलाई २०७५ जेठ २ गतेको विन्दुबाट अघि बढाएर समाधान खोज्नुपर्ने माग राख्दै आएको छ।

सम्बन्धित शीर्षक