तिला गाउँपालिका माओवादी केन्द्रबाट अध्यक्ष पदमा मोतिलाल रोकायाले गराए मनोनयन दर्ता

जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा मोतिलाल रोकायाले मनोनयन दर्ता गराएका छन् । बाजागाजा र ठूलो समर्थकको भिडसहित सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए हुन् ।

त्यस्तै नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा एकराज चौलागाई र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदमा मनोनयन दर्ता गराएका मोतिलाल रोकाया नेकपा माओवादि केन्द्र तिला गाउँपालिका इन्र्चाज समेत हुन् ।

सत्ता साझेदार दलको प्रदेश संयन्त्रले गठबन्धनको भागबण्डा गरेपनि जुम्लामा स्थानीय नेताहरुले त्यसलाइ अस्वीकार गरि स्थानीय आवश्यकता अनुसार तालमेल गरेका हुन् । जुम्लाका आठै स्थानीय तहमा सबै दलले एक्लाएक्लै चुनाव लड्ने भन्दै मनोनयन दर्ता गरेका छन्।

सम्बन्धित शीर्षक