नागरिककर्मी मल्लको निधन

  ।   ३० बैशाख २०७८, बिहीबार ०९:४६

दुई वर्षदेखि मधुमेह र बाथरोगले थलिएका नागरिक दैनिकका मुगु संवाददाता सुमन मल्लको ४१ वर्षको उमेरमा बुधबार राति मृत्यु भएको छ। मल्ल नागरिकको स्थापनादेखिनै आवद्ध थिए। पत्रकारितासँगै नाटक लेखन र अभिनयमा पनि मल्ल सक्रिय थिए। मल्लले ‘कर्णाली दख्खिन बग्दो छ’, सुइना कर्णालीकालगायत नाटक लेखन र अभिनय गरेका छन्।

आर्थिक अभावमा उनले समयमै उपचार पाएनन्। आर्थिक अवस्था कमजोर भएका कारण मुगुदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउँदा पनि सहयोग संकलन गर्नुपर्‍यो। नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले मल्लको निधनबाट कर्णालीले एक असल पत्रकार र कलासाधनक गुमाएको बताए। मल्लका आमा, श्रीमती, एक छोरा र दुई छोरी छन्।

Next Post

यार्चा टिप्न गएका २ को मृत्यु

३० बैशाख २०७८, बिहीबार ०९:४६
रुकुम पश्चिम — डोल्पाका पाटनमा यार्चा टिप्न पुगेका अर्का एक जनाको मृत्यु भएको छ । यसअघि एक किशोरको मृत्यु भएको थियो । जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटनमा रामेछापको उमाकुण्ड गाउँपालिका–७ का २७ वर्षीय कुमार खत्रीको लेक लागेर मृत्यु भएको हो । उनी आफ्ना बुबा मानबहादुर खत्रीसहित पाँच महिनाअघि काठको काम गर्न जगदुल्ला आइपुगेका थिए । […]