झारज्वाला एग्रोफर्म जोड्ने सडक शिलान्यास

जुम्लाको गुठिचौर गाउँपालिका ५ झारज्वाला शन्य प्वाइन्ट फोइगाउँ हुँदै एग्रो फर्म सम्म जोड्ने सडक शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सो सडकको शिलान्यास गरेका हुन । अहिले साँघरो सडकमा साना सवारी चलिरहेका छन । अब सडक स्तरउन्नती भएर ठुला मालबहाक सवारी गुड्न मिल्ने सडक बनाउन थालिएको हो ।

अहिले आरसीसी सडक निर्माण हुनेछ । सडक आसपासका नाला बनाउने,ग्यामिन जाली हाल्ने, मेसेनरी पर्खाल चिन्ने काम हुने ठेकेदार उज्वल बुढाले जानकारी दिए । फराकिलो सडक स्याउ बगैँचामा पुग्ने भएपनि स्याउ किसान उत्साहित छन ।गाउँपालिकाको सबैतिरबाट जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ । जगादाताहरुले खुसिका साथ वाटो निमार्णमा सहयोग गरिरहेका छन । अध्यक्ष भण्डारीले भने,‘यो सडक आर्थिक समृद्धि ओसार्ने सडक हो । गुणस्तरीय सडक निर्माणमा सबैले जोड दिनुपर्छ । ’

सडक निर्माणका लागि ५ करोड ९२ लाख रुपैयाँ विनियोजन भएको छ । सडक निमार्ण गर्न कर्णाली प्रदेश सरकारको ५ करोड ९२ लाख रकम विनियोजन भएको अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।सडक शिलान्यास गर्दै अध्यक्ष भण्डारीले सडकको गुणस्तरीयता र मापदण्डको बिषयमा ख्याल पुर्याउन आग्रह गरे ।

घर नजिकैको सडक निर्माण हुन लागेको हुँदा सवैले सहयोग गर्न गुठिचौर एग्रोेफर्मका संञ्चालक मिम वहादुर भण्डारीले आग्रह गरे । बजेट ल्याउनमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए । यो सडक निर्माण पछि एग्रोफर्म धापरामा जान निकै छिटो छरितो हुने संचालक भण्डारीले बताए ।

सडकको चौडाइँ,लम्बाइ र गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिए । सडक शिलान्यास गर्न गुठिचौर १ का वडाध्यक्ष गणेश ऐडि, योजना शाखा प्रमुख मोतिप्रसाद जैसी लगायतका स्थानीयको सहभागिता थिए । त्यहा उत्पादित स्याउ, आलु लगाएका विभिन्न वस्तुवाट प्रत्यक्ष फाइदा हुने भएको छ । स्याउ आलु सागपात विक्री गर्ने वजार सम्म जाने समस्याबाट छिटै मुक्ति मिल्ने छ । यो फोइगाँउको लागि निकै लाभदायक सडक हुनेछ ।

सम्बन्धित शीर्षक