शिक्षक दरबन्दि को बिषयलाई लिएर शिक्षक माथि कुटपिट

जुम्ला । शिक्षक दरबन्दि को बिषयलाई लिएर तिला गँउपालिका कुडारी ५ मा रहेको खोलि गाउँ स्थित श्री आधारभुत विद्यालय जुम्लाका शिक्षक हर्कबहादुर रावत माथी कुटपिट भएको छ । स्थानिय जनक रावत, प्रेम बहादुर रावत, बल बहादुर रावत, मान बहादुर रावत र भिम बहादुर रावतले कुटपिट गरेका हुन ।

घटनाका प्रत्यक्षदर्शि श्री आधारभुत विद्यालय जुम्लाका प्रध्यानाध्यापक लालबहादुर रावतले विद्यालयको शिक्षक दरबन्दि को बिषयलाई लिएर भएको विवाद पछि स्थानिय ५ जना ले कुटपिट गरेको जानकारी दिनुभयो ।

घाईते शिक्षक रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला मा उपचार भईरहेको छ ।उहाँको अबस्था गम्विर रहेको उनका आफन्तले बताएका छन् । आरोपित ५ जनालाई हाल प्रहरी ले नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालयको डि।एस।पी नरेन्द्र चन्द ले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षक