दैलेखमा १२० किलाेवाटकाे साेलार मिनिग्रिड सञ्चालनकाे तयारी

दैलेख । यहाँकाे महावु गाउँपालिका-३ बाँसीमा निर्माणाधिन साेलार मिनिग्रिडकाे काम अन्तिम चरणमा पुगेकाे छ । १२० किलाेवाटकाे जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना निर्माणको अन्तिम चरणमा रहेकाे छ । काेराेना भाइरसकाे महामारीले समयमै सामग्री ढुवानीमा समस्या देखिएपनि साेलार मिनिग्रिड आयोजनाको काम भने जारी नै छ ।

सौर्य ऊर्जाबाट विद्युत उत्पादन गरेर बाँसी र रिठाका चार सय ६६ घरधुरीमा लाइन जडान गरिने छ । बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकाे ६ करोड ५३ लाख लागतमा गोखा कस्मिक जेभीले निर्माण गरिरहेकाे छ । जेभीका वरिष्ठ प्राविधिक गोकर्ण आलेले आयोजनाको काम ९० प्रतिशत काम सम्पन्र भएको जानकारी दिए । उनले साउनदेखी आयोजनाको काम शुरू भएको हाे ।

घरधुरीमा पाँच वाट, तीन वाटको दुइ बल्भ होल्डर, उपकरण राख्नमा जनशक्ति व्यवस्थापनमा केही समस्या भएकाे उनकाे भनाइ छ । उनले तीन सय ७० सोलार पाता जडान गरिएकाे र १२ वाट इन्भटर राखिएको बताए । २४ घण्टा विद्युत उत्पादन गरिने आयोजनाको लक्ष्य छ ।

जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिले पावर हाउसमा निर्माण स्थलमा निर्माण गरेकाे पक्की भवन सार्वजनिक सुनुवाइ समेत गरेकाे छ । १७ लाख रुपैयाँमा भवन निर्माण गर्ने भनिएपनि २८ लाख रुपियाँ खर्च भएपछि लागतबारे स्पष्ट पार्न सार्वजनिक सुनुवाइ गरेकाे समितिका अध्यक्ष धनबहादुर मल्लले जानकारी दिए । उनले आफ्नो व्यक्तिगत रकम समेत खर्च भएको बताए ।

सम्बन्धित शीर्षक