नेकपा एमाले जुम्लाको नयाँ नेतृत्व सर्वसहमतिमा चयन

एमाले जुम्लाले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । ८ औँ जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

जसमा अध्यक्षमा शान्तिलाल महत, उपाध्यक्षमा सुरतवहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मान बहादुर रोकाया लगायत ५ जना पदाधिकारी सर्वसहमितबाट चयन भएको नेकपा एमाले जुम्लाले बताए ।

तिन वर्षको लागि नेकपा एमाले जुम्लाले नयाँ पदाधिकारी चयन गरेको हो । अध्यक्ष बाँहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा नेकपा एमाले जुम्लाले सहमतिबाट जिल्ला कमिटी चयन गरेको हो । सर्वसहमतिबाट नेतृत्व चयन गर्दै नेकपा एमाले जुम्लाले पार्टी कार्यकतालाई सकरात्मक सन्देश दिएको छ ।

पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी सर्वसहमितमा गठन भएकाले सोमबार विहान १० बजे पार्टी कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको सचिव पाण्डेले बताउनु भयो ।

सम्बन्धित शीर्षक