जुम्लामा दोस्रोपटक हिमपात , जनजीवन कष्टकर

गणेश रावत ,

कर्णाली प्रदेशको जुम्ला जिल्लामा दोस्रोपटक हिमपात भएको छ । दोस्रोपटक हिमपात हुदा जुम्लामा अत्यधिक चिसो बढेको छ । हिजो रातिदेखि आउँन शुरु गरेको राति पानी परेर बिहान देखि हिमपात भएको हाम्रा सहकर्मी दिपक विश्वकर्माले जानकारी दिए । यतिबेला जुम्लाका हिमाल डाँडाकाडा हिउँले सेताम्य भएका छन् । हिमपात हुदा जिल्लाका धेरैजसो ठाउँमा चिसो बढाएको बताए ।

हिमपातले जनजीवन कष्टकर भएको स्थानीय धुने रावतले बताए । उनका अनुसार हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँका जेष्ठ नागरिक , बालबालिकाहरुलाई समस्य भएको बताए । पहिलो हिमपात हुँदा जुम्ला प्रशासनले चिसोबाट बच्न चोकचोकमा दाउरा वितरण गरेको थियो ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान , अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको छ ।

अहिले पनि हिमपात भइरहेको छ । जुम्लाका विद्यालय हिउँदे बिदामा छन । हिउँदे बिदामा जुम्ला सदरमुकाम खलंगामा ट्युसन कक्षा सञ्चालनमा छन । हिमपात हुदा चिसोमा कम्दै पढ्न जाने गरेको विधार्थी बिकास रावतले बताए । अहिले हिउँदको समयमा जुम्लाका अत्यधिक चिसो हुने बताए । हिमपात हुदा पहिलोपटक हिमपात हुदा ट्युसन समेत जान नसकेको बताए

सम्बन्धित शीर्षक