सुख्खा रोटिले पुरायो यहाँ सम्म ?

  ।   २१ पुष २०७८, बुधबार ०७:४९

गणेश रावत,

कर्णाली प्रदेश भौैैगोेलिक हिसाबले विकट छ । झनै विकट छन यहाँका गाउँ बस्ती । तेहि विकट बस्तीमा मेरो जन्म भयो । जहाँ बिरमी हुदा सिटमलको अभाब हुन्थ्यो । राम्रो शिक्षा ,स्वास्थ्य, यातायतको सुविधा थिएन । तेहि सुविधाको पहुजमा नभएको । मेरो जन्मभुमि । जहाँ अहिले सम्मा पनि गाडि गुडेका छैनन् । रारासेरी बजार देखि चार घण्टाको बाटो हिडेर जानु पर्छ । जहाँ सबै काम घण्टै हिडेर गरीन्छ । खाद्यन्न ,बिकास निर्माणका काम , शिक्षा ,स्वास्थय ,यातयात । सबै पाउँन लाई । सास्ती खेप्नु परेकोे छ । साना बालवच्चा देखि जेष्ट नागरिक सम्मा । सदै सुख्खा रोटि बोकि जानु पर्न बाध्यता । अझै हटेको छैन । म पनि एक बिहानै रोटि पेकटमा हालि काममा गए । हाईटमा सबै भन्दा सानो थिए । तर म जति चलाख कोहि थिएनन् । भन्छन् सानालाई माया ठुलालाई आधार । यो त एउटा किताबको पानामा सिमित भएको छ । व्यावहारमा उतार्न सकेका छैनन् । सानालाई हेप्ने र ठुला देखे डराउँने । यो सबैलाई अवगत भएको कुरा हो । गरीब,अशिक्षित , थोत्रा कपडा लगाएका लाई झनै पनि हेप्ने गर्दछन । म पनि त्यस्तै परिवारमा जन्मीएको घरको जेठो सन्तान हु । खेतिपाती गर्न घरपरिवारमा हुर्केको हु । गाउँले किसानको छोरा हु । गाउँको सिरानीमा श्री महादेब आधारभूत विधालय छ । तेहि विधालय पढ्ने गर्थे। पाँच कक्षा सम्मा मात्र पढाइ हुन्थ्यो । बालापनको याद आज झल्झल्ती आयो । महादेव आधारभुत विधालयमा पाँच कक्षा पढेर सक्किायो । ६ ,७,८,९,१० कक्षा पढ्न । छिमेकी गाउँमा जानु पथ्र्यो । म सानो थिए । जान सक्ने अबस्था थिएन । आठ ओटा किताब र कापी झोला बोकेर । पढ्न जानु पर्न । दुइ घण्टाको बाटो थियो । मलाई बोक्न सक्दैन सानो छ भनेर बुबा आमाले फेरी पाँच कक्षामा बसाल्ने निर्णय गरे । म पनि सनै थिए केहि नबोलि बसे । मेरो हाईट उमेर अनुसार बढेन । अर्को बर्ष अलि ठुलो भए । सुडि देव लक्ष्मी निम्न आधारभुत विधालय पढ्न जान थाले । दुइ घण्टाको बाटो हिडेर जानु पथ्र्यो । बिहान छ वजे उठ्ने हातमुख धोयर नास्ता खाएर झोलामा रोटि बोकि स्कुल गए । एक वजे गाउँका सबै विधार्थी घरमा भात ,दाल खायर आउथे । हामि बोकेर लगेको सुख्खा रोटि खाने गर्थेउ। । पढ्न जान आउँन ठिक्क हुन्थ्यो । थाकाईले साझ सबेरै सुत्ने । बिहान सबेरै छ बजे उठ्ने । डेरेस लगाई साथिहरु सँग हास्दै खेल्दै विधालय जाने आउँने गर्थेउ । सरले सोधेका प्रश्न को उतर म अगाडिनै भन्थे । सबैले मलाई हेरेर छक्क पर्थे । यति सोनो छ किन हामि सँग पढ्न आउँछ भन्ने अरु साथिको मनमा कुरा खेल्न थाले छ । बिस्तारै कुराकानी हुदै गयो । चिनजान भयो । मलाई तिमीत हामि सँग पढ्छै सोचेको थिएनै । पछि मलाई सबैले माया गर्थे । कक्षाका साथिहरु गुरmले मायले जिस्काउँने गर्थे । मलाई पुड्के भन्दै बोलाउँन थाले । म पनि के कम जिस्कीदै । जिरे खुर्सानी पिरो हुन्छ भन्दै जभाफ दिन्थे । ३ वर्ष देव लक्ष्मी आधारभुत विधालय पढेर सकियो । कक्षा आठ सम्मा मात्र पढाइ हुन्थ्यो । निमाबिको पढाइ सकिय लगातै माबिको लागि तिन घण्टाको बाटो हिन्नेर जानु पथ्यो । सधै जादा जादा अलि ढिलो हुथ्यो । ९ः ४५ मा स्कुल पग्नुपर्न नियम थियो । हतारहतार गर्दै दश बजे स्कुल पुग्थे । उठबस गरेर पढ्ने । उकाली, ओराली गदै एस .इइ पासे गरे । साथिहरु आआफ्नो ठाउँमा पढ्न गए । विस्तारै फेसवुकमा भेटघाट भयो । रमाईलो बालापनमा मात्र हुदो रहेछ । उमेर बढ्यो । जिम्वार पनि बढ्दै गयो । विधार्थी जिवनको याद आउँन थाल्यो । भाइ बहिनी झोलागेर स्कुल जादा सानो छहदाको याद आयो । हास्दै खेल्दै तारा बाजि लैलै मामा आए घोडा र रमाईला दिनले आज मुटु भतभति पोलेको छ । अहिले कसैले बिवाह गरीसके । कोहि साथि आर्मी । घर परिवार चलाउँन कालापहड धाएका छन् । कहिले कसो भेटहुदा अच्म लाग्छ । आज भोलिको परिवर्तनले । लमो कपाल । काटेका कपडा । यसरी आज आयर यस्तो हुन्छ । भनेर सोचेको पनि थिन । बस समय अनुसार सबै बदलिदा रहेछन् । गाउँमा हुदा । आटो खाने, फाटो लगाउँने साथिहरु । आज भोलि च्यातिएका कपडा लाउछन् । केटि साथिहरु पैट लगाएको देख्दा । समय अनुसार सास्कृति बिर्सिदै र हराउँदै गएको जस्तो लग्यो । सुख्खा कमैका ,जैँका रोटिले जिवन परिवर्तन समेत गरेका छन् । तकतिले विगारेका छन । कसैले रहरले त कोहि बाध्यताले । पढ्ने मन नभएको हैन् । आर्थीक अबस्था कमजोरले । का गर्दै पढ्दै गर्नु परेको छ । यस्तै अभाबमा चलेको यो जिन्दगी । कसैलाई पैसा हुन्छ । पढ्ने मन लाग्दैन । पढ्ने लाई पैसा हुदैनन् । भन्ने गर्थे “धन हुनेको मन हुन्न, मन हुनेको धन हुन्न”। भनेझै जिवन भएको छ । न्युन आयस्रोत भएको घरपरिवारमा जन्म भयो । पढ्ने मन धेरै थियो । तर आर्थीक अभावले बाधाक बनेको छ । अहिले एकातिर पढाइ अर्काे तिर काम गर्दै । पढ्दै आएको छु । जिवनमा सबै चिज कसैलाई पुग्दो रहेनछ । जसको आर्थिक र पैसा हुनेखाने का छोरा छोरी पढदैनन् । जसको आर्थीक अबस्था कमजोर हुन्छ । उस्को इच्छा चाहाँना हुन्छ । जिवनमा सोचेका र देखेका सबै पुरा नहुदो रहेछ । आज सम्माको जिवनको भोगाई ।

Next Post

कर्णाली प्रदेशका सबै नागरिकले वैशाखसम्म खोप पाउने

२१ पुष २०७८, बुधबार ०७:४९
सुर्खेत। कर्णाली प्रदेशका सबै नागरिकले आगामी वैशाखभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्णखोप पाउने भएका छन् । सबै नागरिकलाई दुवै मात्रा खोप दिएर वैशाख मसान्तसम्म प्रदेशलाई पूर्णखोप घोषणा गर्ने तयारी गरिएको छ । निर्धारित अवधिभित्रै लक्षित समूहका सबैले खोप पाउने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको हो । निर्देशनालयका अनुसार हालसम्म प्रदेशका ६० […]