को हुन् रावत ? पहिलो वर्षको आइ .एस. सि .ए .जी भए उनी मात्र पास

गणेश रावत,

शेर बहादुर रावत अहिले चन्दनाथ माध्यमिक विधालय पहिलो वर्षको आइ .एस. सि .ए .जी छात्रवृति बाट उनी मात्र पास भएका छन् । ३९ जना विधार्थीमा छात्रवृति बाट उनि मात्र पास हुनु भएको छ । रावतको तिला गाउँपालिका ६ विकट बस्ती रिपीमा जन्म भएको हो । आमा बाचँु रावत र बुबा धनमल रावतको कोखबाट जन्मिएका रावत साइला सन्तान हुन । उनि सानै देखि मिहिनेती र लगनशिल विधाथीर्का रुपमा चिनीन्थे । उनले श्री महादेब आधारभुत विधालय रिपीमा प्रावि पास गरे ।

निमाबिको लागि गाउँमा विधालय नहुदा दुई घण्टा पैदल हिडेर देब लक्ष्मी आधारभुत विधालय सुडिमा निमावि शिक्षा हासिल गरे । विकट् बस्ती अनी न्युन आयस्रोत घरपरिवार भएका रावत पढ्न लेख्नमा अग्रसर थिए । उनि सानै देखि प्रथम हुदै माबि शिक्षा जनजागृति घोडेमा हासिल गर्नु भयो । जति पढ्न लेख्न जान दुख हुथ्यो उनि उतिकै मिहिनेती थिए । कक्षाका इमान्दार विधार्थी पनि हुन । तिन घण्टाको बाटो हिड्दै विधार्थी जिवन बिताउँदै आए ।

उनले एसइइ पास गरे लगातै कृषि जेटिय पढ्न सुरु गर्नु भयो । १८ महिने जेटिय सकायर जुम्ला सदरमुकाम खलंगा झर्नु भयो । उनलाई सधै पढ्नको लागि पैसाको अभाब हुन्थ्यो । उनले जुम्लाको चन्दननाथ नमुना माध्यमिक विधालयमा आइ .एस. सि .ए .जी फोम भर्नु भयो । उनले स्कलर सिपमा नाम निकालेर थप उर्जा मिल्यो । उनले पहिलो वर्षको परीक्षा मा प्रथम हासिल गर्नु भएको छ ।

उनी भन्छन् पढ्ने रहर त धेरै थियो तर घरमा न त आमा नत बाबा रोजगारी ,आजको बजारले एउटा बुढा आमा बाबा ले दिनरात उकाली ओराली गर्दै कमको पैसा ले पुग्दो रहेनछ,जेनतेन छात्रवृत्ति मा नाम निकाल्न सके । नत्र मेरो पढ्ने सपना मात्र हुन्थ्यो । उनिको उज्ज्वल भविष्यको लागि थप उर्जा मिलेको छ । फेसबुक ,मेसेन्जरे बधाई पाएका छन् ।

सम्बन्धित शीर्षक