कार्यकाल सकिनै लाग्दा फोहोर व्यवस्थापनमा सक्रिय बन्दै चन्दननाथ नगरपालिका

गणेश रावत,

निर्वाचन जितेर आएको कार्यकाल सकिन लाग्दा चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापनमा सक्रिय बन्दै आएको छ । स्मार्ट सिटि बनाउने योजना सहित निर्वाचनमा होमिएर जितेकी मेयर ,उपमेयर लगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रुपमा गर्न सकेनन् । फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिकाले गुनासो खेप्दै आएको थियो । जसका कारण आम नगरबासी असन्तुष्ट थिए । मेयर उपमेयरको बिवाद,हाकिम नटिक्ने,नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका विभिन्न प्रयास पनि असफल भए । तर अहिले भने चन्दननाथ नगरपालिका सुन्दर नगर बनाउने योजना सहित फोहोर व्यवस्थापनमा जुटेको छ ।

फोहोर व्यवस्थापनलाई पहिलो प्रथामिकता दिएर हामी अघि बढीरहेका छौ । प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले भन्नुभयो,“विगतका के कारण फोहोर व्यवस्थापनदेखि अन्य काम लक्ष्य अनुसार भएन् त्यो विषयमा समिक्षा गरौला । अब आम नागरिकका गुनासालाई मध्यनजर गर्दै करिब ४० वर्ष सम्म प्रयोग हुने डम्पीङ साइट सहित फोहोर व्यवस्थापनमा जुटेका छौ । स्थानीय नागरिक व्यापारी,पत्रकार कर्मचारीको साथको आशा छ ।” आज पत्रकार सम्मेलन मार्फत फोहोर व्यवस्थापनलाई पहिलो प्रथामिकता दिएर छिटो छरितो सेवा प्रवा ,विकास निर्माण तिव्रता, सूचना सन्देशलाई एकद्धार प्रणालीबाट अघि बढाउने अभियानमा रहेको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“जग्गाको उत्पादन बराबरको क्षतीपुर्ति दिनुपर्ने,ल्याण्डफिल्ड साइट सम्म जाने सडक स्तरबृद्धि गर्नुपर्ने स्थानीयको माग यथावत छ । नगरपालिकाले टुक्रे योजना भन्दा क्रमागत योजनाका रुपमा डम्पीङ साइट जाने सडक निर्माण गर्नुपर्छ ।” बजार क्षेत्रबाट कम्तीमा ६ किलोमिटर टाढा रहेको डम्पीङ साइट सम्म आरसिसि सडक निर्माण गर्नुपर्ने देखिन्छ । यदपी,हिमपात बर्षा भएपछि उक्त सडक हिमाल्य भएर फोहोर व्यवस्थापन गर्न मुस्किल हुने शाखा प्रमुख न्यौपानेको भनाई छ ।

कम्तीमा १० देखि १५ वर्ष सम्म फोहोर व्यवस्थापन हुन गरी चन्दनाथ नगरपालिका २ भण्डारीबाडाको (दुनादुनी)मा डम्पीङ साइटको व्यवस्थापन भएको छ । चन्दननाथका वाताबरण तथा विपद व्यवस्थापन उपशाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने स्थानीयले सहमती दिएपछि (दुनादुनी)मा डम्पीङ साइटको व्यवस्थापन गरी फोहोर फाल्न सहज भएको बताउनुभयो ।हाल नगरपालिकाले घरायसी फोहोरमैला व्यवस्थापनबाट १ सय,व्यवसायीक फोहोर मैला व्यवस्थापनबाट ३ सय होटलबाट निस्कने फोहोर व्यवस्थापन बाट १ सय र उद्योगबाट निस्कन फोहोर व्यवस्थापन बापत १ हजार बार्षिक रुपमा कर लिने गरेको छ ।

फोहोर व्यवस्थापनलाई चुनावी नारा बनाउने,चर्चामा आउनकै लागि कोहि कसैले फोहोर व्यवस्थापनका कुरा उठाउने भन्दा पनि परिणाममुखी काम गरेमा नागरिकले साथ दिने नागरिक अगुवा राज बहादुर महतले बताए ।फोहोर व्यवस्थापनलाई अभियानकै रुपमा सञ्चालन गरिएको सुन्दर नगर बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह गरिएको छ । बुधबार मात्रै इसाइ समाजले नगर सभा गरेको थियो । शुक्रबार नेपाली सेनाले गर्ने भएको छ । बरु कर लेउ फोहोर उठाउ भनेर नारा लगाइ रहेका नगरबासीलाइ फोहोर व्यवस्थापनको करमा पनि कुनै गटबढ नभएको नगरपालिकाले जनाएको छ । चर्को कर मात्र लिने फोहोर नउठाउने भन्दै गुनासो आएपछि चन्दननाथ फोहोर व्यवस्थापनमा जुटेको हो ।

सम्बन्धित शीर्षक