जुम्लाको तिला गाउँपालिका ९ ढिपुमा नमस्तेको टावर शिलान्यास


गणेश रावत
जुम्ला । जुम्लाको तिला गाउँपालिका ९ ढिपुमा नमस्तेको टावर गाउँपालिका अध्यक्ष रतन नाथ योगीले शिलान्यास गर्नुभएको छ । पुस्तौ देखि सूचनाको पहुँज बाट बञ्चित भएका तिला बासीले अब सहजै फोन गर्न पाउने भएका छन् । पहिला फोन गर्न डाँडाकाँडा धाउनुपर्ने बाध्यता हट्ने अध्यक्ष योगीले बताए । नेपाल टेलिकम र तिला गाउँपालिकाको सहकार्यमा काम सुरु भएको छ ।

कर्णाली प्रदेशको भौगोलिक हिसाबले विकट छ । तिलाका ढिपु ,रासा , मालापानी ,खोप्री , भेरीखोला ,सुडि ,रिपी , जुम्लाकोट झनै बिकट बस्ति हुन् । यो नमस्तेको टावरले अब सहजै यी बस्तिलाई सेवा सुबिधा दिने भएको छ । जहाँ फोन गर्न घण्टौ हिड्नुपर्ने बाध्यता हट्ने भएको प्रगतिशिल युवा कलबका अध्यक्ष प्रेम बहादुर रावतले जानकारी दिए ।

उनका अनुसार आफ्नो वावु बाजे देखि सुचनाको पहँुजबाट टाढा रहेका बस्ति अब सहजै फोन गर्न पाउँने हुदा खुशि भएको बताए । ढिपुको डाँडामा टावरको काम सुरु भैईरहेको बताए । यो तिला बासिको लागि गर्वको विषय भएको स्थानीयहरुको भनाई छ ।

सम्बन्धित शीर्षक