विलिभर्श इस्टर्न चर्च द्वारा एक दिने सरसफाइ अभियान सम्पन्न

गणेश रावत,

जुम्ला – विलिभर्श इस्टर्न चर्च कुडारी ले पछिल्लो समय समाजको हितमा काम गर्दै आएको छ । चर्च ले कुडारीमा एक दिने सरसफाइ अभियान सम्पन्न गरेको छ । विलिभर्श इस्टर्न चर्च कुडारीले अभियान अन्तर्गत आफ्नो नजिकै रहेको कुडारी र त्रीवेणी बजार सरसफाइ गरेको हो ।

बजारमा फोहोर धेरै देखिँदा एक दिने अभियान सञ्चालन गरिएको पास्टर धनविर नेपालीले बताए । सहर बजार क्षेत्रमा रहेको फोहोर उँठान स्थानीय सरकारले चासो नदिदा चर्चले सरसफाइ गरेको छ । पहिला गाउँ घरमा इसाई धर्म स्थानीयले राम्रो मान्दैनथे । तर अहिले समाजमा राम्रो काम गर्दै जादा कस्तो धर्म हो भन्ने बुझ्दै गएका छन् ।

इसाईहरुको महान पर्व आउन लाग्दा क्रीसमसको उपलक्ष्यमा एक दिने बजार सरसफाइ गरेको पास्टर नेपालीले बताए । अहिले विशेषगरी सहर बजार क्षेत्र निकै दुर्गन्धित हुँदै गएको अवस्थामा क्रीसमसको उपलक्ष्यमा कुडारी बजार सरसफाइ गरिएको उनले जानकारी दिए ।

विलिभर्श इस्टर्न चर्चको आयोजनामा भएको बजार सरसफाइ अभियानमा कुडारीका अन्य स्थानीय चर्चका क्रीस्चियनहरुको पनि सहभागिता रहेको थियो । पछिल्लो समय सहर बजारमा मानिसको बसोबाँस बढ्दै जादा दुर्गन्धित बन्दै गएको छ । सेवा सुविधाको आशले बजार क्षेत्रमा बसोबाँस बढ्दै जानू र फोहोर सरसफाइ नहुनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै हो।  विलिभर्श इस्टर्न चर्च कुडारी ले सरसफाइ गर्दा खुशि भएको स्थानीय जगत नेपालीले बताए ।सरसफाइ गर्दा अहिले कुडारी बजार स्वाच्छ भएको छ ।

सम्बन्धित शीर्षक