महिला हिंसा न्यूनिकरण गर्न,प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

गणेश रावत,
जुम्ला ः अहिले लैगिक हिंसा विरुदको १६ दिने अभियानमा देशभर सुरु भएको छ । यसको अबसरमा आज महिला हिंसा न्यूनिकरण गर्न अखिल नेपाल महिला संघ समाजबादी जुम्लाले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई लाई ध्यानाकर्षण पत्र बुझाका छन् । जम्लाका महिलाले एक ज्ञापन पत्र बुझाएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएका थिए । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच पाउने हक प्रदान गरेको छ ।

तर अहिले पनि हाम्रो समाज महिला माथि हुने हिंसा रोकिएका छैनन् । कानुमा सवै नागरिकले समान संरक्षण पाउने हक प्रदान गरेको छ । कानुन कागजमा सिमित हुदा महिलाले अहिले पनि हिँसा सहदै आउँनु परेको छ । ध्यानाकर्षण पत्रमा समाजमा विद्यमान महिला हिंसा र भेदभावयूक्त घटना घट्ने गरेका छन् । महिलाविरुद्ध हुने भेदभाव तथा हिंसालाई राज्यका कानूनमार्फत दण्डनीय अपराध बनाएको भएपनि यसको कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको ध्यानाकर्षण पत्र उल्लेख गरिएको छ ।

महिलामा हुने घरेलु हिंसा रोक्न अखिल नेपाल महिला संघ समाजबादी जुम्लाले सचेत बनाउँन यो कार्यक्रम सञ्चालन गर्दै पीडितलाई न्यायको ढोका सम्म ल्याउन सहजीकरण गर्ने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नारायणी चौलागाईले बताइन् । उनले भनिन् घरेलु हिंसाका घटना विरुद्ध समाजका महिलालाई सुसुचित गर्न घरदैलो कार्यक्रम गरिने कताउानु भयो । जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार दुई वर्ष अघि उजुरी गरिएका ९९ घटना मध्ये ७८ प्रतिशत मेलमिलाप गरेर टुंग्याएको बताएका छन् । १३ प्रतिशत उजुरीकर्ता नै पुन ः सम्पर्कमा आएनन् ।

गतवर्ष ६३ प्रतिशत घटना मिलापत्र भएका छन् भने चालु आर्थिक वर्षको तीन महिनामा ५८ प्रतिशत घटनाहरु मिलापत्रमा टुंग्याएको छन् । महिला हिंसा विरुद्धका घटना अन्ते गर्न राज्यका निकाय लागीपरेको प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाईले बताईन । उनले भनिन् यस्ता घटनामा कुनै लोप लालजमा सम्झौता हुने छैनन् । यस्ता घरेलु हिँसा अन्ते गर्न लागि पर्न कताउँनु भयो ।

सम्बन्धित शीर्षक