कर्णाली प्रदेशको सभापतिमा शाही विजयी

गणेश रावत,
नेपाली काँग्रेसको कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी हुनु भएको छ । शाहिले प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँनु भयो । प्रतिस्पधी दुइ जना लाई हराउँदै प्रदेश सभापतिमा ललितजंग विजयी भएका हुन् ।

पराजित सभापतिका उम्मेद्वारद्वय भुपेन्द्रजंगले ३ सय १७ मत र मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । विजयी शाही संस्थापन पक्षका हुन् । पराजित भएका भुपेन्द्रजंग संस्थापनइतर ९वरिष्ठ नेता रामचन्द पौडेल० समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् ।

खसेको कुल ७५४ मत मध्ये ८ मत बदर भएको छ । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित शीर्षक