हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

  ।   १७ मंसिर २०७८, शुक्रबार १५:५९

गणेश रावत,
जुम्लामा हिउँदे वर्षाले किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्। जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ।

सिँचाइ सुविधा नभएर गहुँ छर्न पाएका थिएनौँ। वर्षापछि गहुँ छर्ने तयारी गरेका छौँ तिला गाउँपालिका–१ का स्थानीयवासी माने रावतले भने, पानी परेकाले ज्यादै खुसी छौँ।’सिँचाइको अभाव भएको ठाउँमा गहुँबाली खेतमा उत्पादन भएको थिएनन्।

सिँचाइ सुविधा नभएको ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ।’ गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरुवालाई राहत मिलेको छ। हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ। फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक छ।

Next Post

कर्णाली प्रदेशको सभापतिमा शाही विजयी

१७ मंसिर २०७८, शुक्रबार १५:५९
गणेश रावत, नेपाली काँग्रेसको कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी हुनु भएको छ । शाहिले प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँनु भयो । प्रतिस्पधी दुइ जना लाई हराउँदै प्रदेश सभापतिमा ललितजंग विजयी भएका हुन् । पराजित सभापतिका उम्मेद्वारद्वय भुपेन्द्रजंगले ३ सय १७ मत र मोतीराज बमले ७ मत प्राप्त गरेका […]

सम्बन्धित