जुम्लामा बस दुर्घटना,दुई जनाको मृत्यु,दुई जना घाइते

गणेश रावत,

जुम्लाको सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्ज तर्फ जाँदै गरेको यात्रुबाहक बस आज विहान दुर्घटना हुदाँ घटना स्थलमै चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार घाईते दुई जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ ल्याईरहेको छ ।

घटनास्थल तर्फ प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा टोली पनि गएको छ । पुजिअ बिजया कुमारी प्रसाईका अनुसार हाल सम्म २ जनाको मृत्यु र २ जना घाईते भन्ने जानकारी छ । बाँकि घटनास्थलमै पुगेपछि विवरण आउने उहाँको भनाई छ । बस के कति कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन् ।
भने,घटनाको विस्तृत विवरण आउन बाँकि छ ।

सम्बन्धित शीर्षक