मंसिर २१ र २२ गते काठमाण्डौँमा गर्जदै गजेन्द्र

कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महत कर्णालीका आक्रोश हुन । कर्णालीका हरेक सवालमा राज्य बेखबर भएको भन्दै सांसदमा उनी निरन्तर खबरदारी गर्छन । आक्रोश पोखेर जनताको आवाज बोलिरहन्छन । तर सांसद महतले यो पटक फरक शैलीको आन्दोलनको स्वरुप लिएर काठमाण्डौँँ जादैछन । उनी यो पटक सांसदमा बोल्ने छैनन । उनी स्थानीय पञ्चेबाजा र झाँकी लिएर नेपाल विद्युत प्राधिकरण र सडक विभागको कार्यालयमा मागपत्र लिएर पेस गर्दैछन ।

उनले मंसिर २१ र २२ गते स्थानीय बाजागाजा सहित झाँकी नाच्दै र्याली निकालिने भएकोले काठमाण्डौँमा रहेका सबै जुम्लाबासीलाई रत्नपार्कमा उपस्थित हुन अपिल गरेका छन ।
उनले भने,‘अब शान्तिपुर्ण झाँकी र्याली सहित कर्णालीले आफ्ना माग राख्नेछ । मंसिर २१ गते नेपाल विद्युत प्राधिकरणको भवन अगाडि झाँकी प्रदर्शन गर्दै माग पत्र पेस गर्ने कार्यतालिका बनेको छ । ’जुम्लामा राष्ट्रिय प्रसारणलाइन जोडिसकेको छ । तर गाउँगाउँ सम्म बिजुली पुग्न सकेको छैन । घरघरमा बिजुलीको लाइन विस्तार गर्न,बिजुलीका मिटर, पोल,तार र ट्रान्सफर्मर यथासिघ्र व्यवस्थापन गर्न माग गरिनेछ ।
शान्तिपुर्ण रुपमा हुने यो आन्दोलनले कर्णालीबासीले भोग्नु परेको बिजुली समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
मंसिर २२ गते सडक विभाग पाटन ढोका अघि झाँकी प्रदर्शन हुनेछ । मागपत्र पेस हुनेछ । जसमा सुर्खेत जुम्ला कर्णाली राजमार्गमा स्तर गर्न र नाग्म,सिँजा हुदै गमगडी जाने सडकको स्तरउन्नतीका लागि यथासिघ्र थालनी गर्न माग गरिने सांसद गजेन्द्रबहादुर महतले जानकारी दिए ।

सम्बन्धित शीर्षक