तिला गाउँपालिका ६ मा दुई महिना देखि इन्टरनेट अबरुद्ध, वडाका कामकाज प्रभावित

गणेश रावत,
जुम्ला ः तिला गाउँपालिका वडा नम्वर ६ घाडेमा दुई महिना देखि इन्टरनेट अबरुद्ध भएको छ । इन्टरनेट अबरुद्ध हुदा वडाका कामकाज मा समस्या भएको अध्यक्ष भक्त बहादुर रोकायाले बताएका छन् । उहाँका अनुसार अहिले सबै काम अन्लाईन मार्फत हुने भएकोले इन्टरनेट अबरुद्ध हुदा कामकमज प्रभावित भएको निउज सरोकमर लाई जानकारी दिनु भयो ।

इन्टरनेट अबरुद्ध हुदा नागरिकक्ता ,जन्मदर्ता , मृत्यु दर्ता, बसाइँसराइ का सिफारिस हातले लेखेर दिनुपर्ने बाध्यता भएको छ । नागरिक लाई दुख नहोस भनेर हातले लेखेर भएपनि दिने गरेको सचिव राजु रावलले बताएका छन् ।

तिला गाउँपालिका ६ नम्वर वडामा अहिले इन्टरनेट बिहिन भएको छ । वडामा दुई महिना देखि इन्टरनेट नहुदा धेरै समस्या खेप्नु परेको उहाले दुखेसो पोख्नु भयो । यसको समाधान छिटोभन्दा छिट्टो होस भन्ने आग्रह गर्नु भएको छ ।

सम्बन्धित शीर्षक