रारा गाउँमा खानेपानीको अभाव, स्थानीय सरकार बेखबर बनेको स्थानियको गुनासो

  ।   २५ कार्तिक २०७८, बिहीबार १७:२९

गणेश रावत,

जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा खानेपानीको चरम अभाव हुँदा पनि घर आँगनमै भएको स्थानीय सरकार बेखबर भएको छ । सो गाउँका स्थानीयवासी लालबहादुर रावतका अनुसार धारामा दुई घण्टामात्र पानी आउने गरेको छ । पानी भर्ने स्थानीयवासीको बाल्लो भीडभाड हुने गर्छ ।

धारामा विहान सात बजेदेखि १० बजेसम्ममा पानी आउने गरेको छ । सिंगो गाउँका मानिस धारामा जम्मा हुँदा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो एक आपसमा झगडासमेत हुने गरेको स्थानीयवासी रावतले बताए । एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको छ ।

कहिलेकाँही विद्यालय जाने समय पनि छुट्ने गरेको कक्षा दशमा अध्यनरत विद्यार्थी रमेश बुढाले भने, ‘गाउँमा खानेपानीको समस्या बर्षादेखी हुदाँ पनि यो समस्या अहिलेसम्म हल हुन सकेको छैन । गाउँमा विद्यार्थी राम्रोसँग पढ्नसमेत पाउँदैनन् ।’ बिहान धारोमा पानी ल्याउन जादाँ घण्टांै समय लाग्ने गरेको यहाँका स्थानीयवास बताउँछन् ।

नदीको पानी लिप्टमार्फत गाउँमा पानी पुर्याउनका लागि पालिकाले ४८ लाख बजेट खर्च गरे पनि अहिलेसम्म गाउँमा पानी पुग्न सकेको छैन । विद्युतको क्षमता कम भएकोले लिप्टबाट पानी जान नसकेको वडाध्यक्ष परबहादुर रावतले बताए । जिल्लाका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर छन् ।

Next Post

सौर्य उर्जाबाट बिजुली बाल्दै गुठिचौर

२५ कार्तिक २०७८, बिहीबार १७:२९
जुम्लाको गुठिचौर गाउँपालिकाले सौर्य उर्जाबाट बिजुली बाल्ने तयारी थालेको छ । गुठिचौर गाउँपालिका २ मुरुली गाउँमा सौर्य उर्जाबाट बिजुली बाल्न थालिएको हो । गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सौर्य उर्जा निर्माणको एक कार्यक्रमकाबीच शिलान्यस गरेका छन । वडाभित्र रहेका झण्डै २ सय घरधुरीलाइ बिजुलीको पहुँचमा ल्याउनको लागि सौर्य उर्जाबाट बिजुली बाल्न […]