जुम्लामा कक्षा ११ र १२ मा ब्रेल पाठ्यपुस्तक नहुदा समस्या

  ।   २३ कार्तिक २०७८, मंगलवार १८:२२

गणेश रावत,

जुम्लामा दृष्टिविहिन विद्यार्थीका लागि ब्रेल पाठ्यपुस्तक हाल सम्म पुग्न सकेको छैन । जुम्लाको सिञ्जा गाउँपालिकामा रहेको भैरब माध्यामिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीको लागि ब्रेल पाठ्यपुस्तक नपुगेको हो ।

कात्तिक पहिलो साता बितिसक्दा पनि पाठ्यपुस्तक नआउँदा आफुहरूको पढाइ प्रभावित भएको कक्षा १२ मा अध्यनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।

अन्य कक्षाका विद्यार्थीको बे्रलपुस्तक आएपनि कक्षा ११ को आइनपुगेको र १२ को ब्रेल पुस्तक नछापिएको खबर आएको स्रोत शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो ।यस बर्ष कोरोनाका कारण समयमै अन्य विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न ढिलाई भएपछि जिल्ला विपद व्यवस्थापन समितिले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने निर्णय गरेको थियो ।

Next Post

जुम्लामा जिल्ला स्तरीय महिला,पुरुष भलिबल प्रतियोगिता भोली बाट सञ्चालन हुने

२३ कार्तिक २०७८, मंगलवार १८:२२
गणेश रावत, जुम्लामा जिल्ला स्तरीय खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता भोली बाट सञ्चालन हुने भएको छ ।यही कार्तिक २५ गते देखि जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा खुला महिला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको हो । जुम्लाका आठै स्थानीयतहका १,महिला १,पुरुष टिमले प्रतियोगितामा सहभागिता जनाउने भने पनि ६ वटा […]