सल्यान दार्माको एक घरमा आगलागी हुँदा १५ लाखको क्षति

सल्यान : सल्यान कोटगाउँको एउटा घरमा आगलागी हुँदा १५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।

जिल्लाको दार्मा गाउँपालिका– १ कोटगाउँका सुरेश चन्दको घरमा आगलागी भएको हो।

कर्कट पाताले छाएको दुईतले घरमा कोही नभएका बेला आइतबार साँझ आगलागी भएको पीडितको भनाइ छ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा र ४ लाख नगद जलेर नष्ट भएको पीडित चन्दले बताए।

आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि चन्द परिवार अहिले भाइको घरमा बसेका छन्।

सम्बन्धित शीर्षक