नलगाडमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु

जिल्लाको नलगाडमा नगरपालिकामा गए राति ट्याक्टर दुर्घटना हुदा तिन जनाको घटना स्थलमै मत्यु भएको छ । नलगाड नगरपालिका ५ कालीमाटी वजार वाट सामान लिएर बारेकोट गाउँपालिका तर्फ गइरहेको ट्याक्टर नलगाड – ५ पोखरागाउँ नजिकै मंगलवार राति झुल्के डाँडामा दुर्घटना भएको एकिकृत माओवादीका नेता प्रशान्त शर्माले जानकारी दिए ।

दुर्घटनामा परि नलगाड नगरपालिका – ५ पारीगाउँका ६० वर्षीय दल वहादुर खत्री , उनका छोरा ३२ वर्षीय सुरेस खत्री र गाडिचालक नलगाड –७ दल्लीका २५ वर्षिय चंखलाल वि.क को मृत्यु भएको प्रहरीले जनाएको छ । सडक वाट करीव ५ सय मिटरको दुरीमा तिन जनाको लास फेला परेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए ।

दर्घटनामा ट्याक्टरका सह चालक नलगाड– ७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताए । अहिले घटना स्थलमा प्रहरी र स्थानियले ट्याक्टरको खोजी गरिरहेको र अँधेरो भएका ले फेला पार्न नसकिएको जनाइएको छ । दुर्घटना कसरी भएको भन्ने वारे अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ । दुर्घटना राती १२ देखि १ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षक