फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर एक जना बेपत्ता

  ।   ११ कार्तिक २०७८, बिहीबार ०७:०९

डोल्पा। हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Next Post

जुम्लामा जिल्ला स्तारीय खुल्ला दोहोरि गित प्रतियोगिता सञ्चालन हुने 

११ कार्तिक २०७८, बिहीबार ०७:०९
गणेश रावत, जुम्लामा जिल्ला स्तारीय खुल्ला दोहोरि गित सञ्चालन  हुने भएको छ । शुभ दिपावलिको अबसरमा यहि कार्तिक १६ गते देखि १८गते सम्मा दोहोरि हुने हाे । वडा, गाउँपालिका, नगरपालिका सबैलाई समेटेर दोहोरि सँञ्चालन गर्न राष्टिय लोक तथा दोहोरि गित प्रतिष्ठानका अध्यक्ष कणर् बुढथापाले बताएका छन् । उहँका अनुसार खुल्ला […]