जुम्लामा भालुको आक्रमण बाट चौकिदार ४८ वर्षिया महिलाको मृत्यु

गणेश रावत,
आज दिउसो गाढापारि सामुदायिक वनमा चौकीधार हेर्न गयकि रूद्रा डागीको भालुको आक्रमण बाट मृत्यु भएको छ । तातोपानी गाउँपालीका वडानम्बर ५ श्री नगर कि रूद्रा डागि गाढापारि सामुदायक वनको चौकिदार रहेकि उनि वन हेर्न क्रममा भालुले आक्रमण गरेर मृत्यु भएको स्थानीय मयस चौलागाईले वतायका छन् ।

उहाँका अनुसार ४८ वर्ष कि उनी वनको चौकिदार सधै वनहेर्न जाने गर्थिन । आज वन फडानी गरेको थाहा पायर नियन्त्रण मा लिन गएकि उनलाई भालुले आक्रमण गरेको हो ।सामुदायिक बनको चौकिदार रहेकी उनलाई वनहेर्न क्रममा भालुले आक्रम गरेर मृत्यु भयको हो ।

दिउँसो खेतमा धान चुट्ने किसानले उनलाई आक्रमण गर्न देखेको अर्को स्थानीयपुर्ण प्रसाद चौलागाईंले बताउनु भयो । भालु सङगै दुई वटा भालुका वच्चा रहेको उनले बताएका छन् । आज उनलाई मात्र नभई एउटा गोरु समेत मारेको उनले बतायका छन् ।

भालुले उनलाई वन हेर्न गयको अवश्थामा झम्टेर मारेको उनले बताए । दिसो पानी खाना आयको भालु माथितिर जाने क्रममा उनलाई साढे दुई बजे आक्रमण गरेको डियसपी दान बहादुर थापाले जानकारी दिनु भयो ।

भालुको आक्रमणबाट मुत्यु भएकी डाँगीलाई पाेष्ट माटको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएको छ ।

सम्बन्धित शीर्षक