धारिलो हतियारले प्रहार गरी श्रीमतीको हत्या

  ।   ३ कार्तिक २०७८, बुधबार १८:०१

सल्यान : कुमाख गाउँपालिका-५ तिमिलेका ४७ वर्षीय कविराम खड्काले धारिलो हतियारले प्रहार गरी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडैलका अनुसार घरायसी विवाद हुँदा कविरामले मंगलबार राति कलीको टाउको र घाँटीमा हतियारले प्रहार गरेका थिए। कविरामले मदिरा सेवन गरेको प्रहरीले बताएको छ।

घटनामा संलग्न कविलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका लागि घटनास्थलमा प्रहरी खटिएको छ।

Next Post

११ वर्षपछि अक्टोबरमा भारी वर्षा

३ कार्तिक २०७८, बुधबार १८:०१
काठमाडौँ — मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै देशभर व्यापक जनधन क्षति हुने गरी भारी वर्षा भएको छ । बंगालको खाडी र मध्यभारतमा रहेको न्यून चापीय प्रणालीमा पश्चिमी वायुको बलियो प्रभाव थपिएपछि आइतबारदेखि पानी परेको हो । विज्ञहरूले मनसुनका बेला र मनसुनपछि वर्षाको चरित्र बदलिएको विश्लेषण गरेका छन् । अक्टोबरमा भएको भारी वर्षा […]