उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसकेका छन्।

प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्। हमालले मन्त्री नियुक्त भएको तेस्रो दिनमै पदबाट राजीनामा दिएका हुन्।

‘हो, मैले आफूलाई बिबादमा राख्न चाहिन, ममाथि लागेका जुन खालका आरोप छन्, आरोप र आलोचनाले म आफूलाई बदनाम गर्न चाहिन,’ उनले भनेका छन्, ‘अनि मैले मेरो व्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ।

उनले आफूलाई मलाई पार्टी पंक्तीबाट कुनै पनि दबाब नआएको बताएका छन्। ‘मेरो राजीनामाको कारण मेरो व्यक्तिगत कारण मात्रै हो, यसमा पार्टीको कुनै दोष छैन,’ उनले भने।

सम्बन्धित शीर्षक