जुम्लामा कोरोना खोप लगाउनेको संख्या ४६ हजार ६ सय ४२

गणेश रावत,
जुम्लामा कोरोनाका खोप लगाउनेको संङ्ख्या बृिद्व भयको छ । कोविड १९ अर्थात कारोना भाईरसको खोप लगाउनेको जम्मा संख्या ४६ हजार ६ सय ४२ जनाले लगाएका छन् । पहिलो मात्रा र दोस्रो र मात्रा गरि ४६ हजार ६ सय ४२ जना नागरिकहरूले कोरोना बिरूद्वको लगाईका हुन ।

जुम्लामा पूरा खोप लगाउनेको सङ्ख्या १९ हजार ८ सय ४७ जना जुम्लि वासिले खोप लगायको जनस्वास्थ्य सेवा कार्यलयका कार्यलय प्रमुख कृष्ण सापकोटाले वताउनु भयो । उहाँका अनुसार दोस्रो मात्रा खोप लगाउने २७ हजार ७ सय ९७ जनाले दोस्रो मात्र खोप लगाएको जानकारी दिनु भयो। पछिल्लो समयमा कोविड १९ विरुद्ध को खोप १८ वर्ष देखि माथिकाले लगाएको जन स्वास्थ्य सेवा प्रमुख सापकोटा ले वताउनु भएको छ।प्रमुख सापकोटाका अनुसार बाँकी रहेका नागरिकहरू लाई अब छिट्टै खोप लगाईने जानकारी दिनु भयो ।

दोस्रो खोपको परखाईमा बसेका नागरिक लाई छिट्टै खोप उपलब्ध गराउने वताउनु भयको छ। पहिला खोप लगाउन नपाउँदै पनि कोरोना भाइरस सँग लडेर जितेको स्थानिय नैसेर रावतले बताउनु भयो । अब झन कोरोनाको खोप लगायै अव केहिडर छैन्। अवत आत्मा वलले जित्ने वताउनु भयो। पहिला पहिला गाउँघरमा अन्धविश्वास ले खोपलगादा सन्चो नभई झनै विरामी हुने डरले खोप लगाउन नआएको स्वास्थ्य कर्मीहरु ले वताउनु हुथ्यो । अहिले सबैले बुझ्दा खोपको खोजा खोज गर्न गरेको रावतले बताएका छन्।

अझै कोरोना हटेको छैन् स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेका छन्। दशैँ तिहार नजिकिदै गर्दा सहर वजारमा भिडभाड वढेको देखिन्छ। यस्तो हर्दा कोरोना फैलाउने डर भयको वताउनु भयो । भिडभाड नगरि शुरक्षित सित मनाउन सुझाव दिएका छन्।

सम्बन्धित शीर्षक