जुम्लामा आगोलागी हुँदा एक घर जलेर नष्ट

गणेश रावत,

जुम्लाको तातोपानी गाउँपालिका मा आज आगलागी भएको छ। आज विहान घटस्थापना दिनमा पुजाआर्जन गर्न कोठाबाट आगलागी भएको खुलेको छ। आगलागि बाट तातोपानी गाउँपालिका वडा नम्बर ५ का स्थानीय मादव प्रसाद चौलागाई को घर जलेको तातोपानी गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष हरि वहादुर डाँगीले वताउनु भएको छ।

उहाँका अनुसार आगलागीबाट मानविय क्षेति भने नभयको बताउनु भयो । घरमा रहेका अन्न लत्ता कपडा तथा जस्ता जलेर नष्ट भएको वताउनु भयो। आगो लागेको छिट्टै थाहाँ पाय र स्थानीयले नियन्त्रणमा लिन खोजेपनि नियन्त्रण हुन नसक्दा जिल्ला प्रशासन कार्यालय लाई खवर गरेर घटना स्थलमै पुगेर नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनु भयो ।

उहाँले भन्नु भयो खबर आउन साथ चन्दननाथ नगरपालिकाको दमकल सस्त्र प्रहरी,स्थानीय प्रहरी चैकि ,नेपाली सेना र स्थानियको सयुक्त पहलमा अहिले भनेनियन्त्रणमा आयको बताउनु भयो ।

सम्बन्धित शीर्षक