भैँसीपालनबाट मासिक एक लाख आम्दानी

  ।   १३ आश्विन २०७८, बुधबार १७:२१
सल्यान : बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका प्रमेश केसीले भैँसीपालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन्।

उनले फर्म नै दर्ता गरेर भैँसी पालेका छन्। उनको फर्ममा रहेका आठ वटा दुहुना भैँसीले दैनिक ७० लिटर दुध दिने गरेको छ। दुध प्रतिलिटर ६० रुपैयाँमा बिक्री भइरहेको प्रमेशले बताए।

उनको फर्ममा दुईजनाले रोजगारी पाएका छन्। प्रमेशले भैँसीसँगै कुखुरापालन पनि गर्दै आइरहेका छन्। ब्रोइलर जातका कुखुरापालनबाट उनले वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

Next Post

गरिबलाइ एक घर एक धारा, मात्रै नारा

१३ आश्विन २०७८, बुधबार १७:२१
रुकुम (पश्चिम) । चौरजहारी नगरपालिका -३, टाटागाउँमा खानेपानीको समस्या हुँदा स्थानीयवासी समस्यामा परेका छन् । सिङ्गो गाउँमा एउटा मात्र धारा रहेको र त्यसमा पर्याप्त पानी नआउँदा स्थानीय ३२ घरपरिवारले खानेपानीको समस्या भोग्नुपरेको हो । धारामा पानी नआउँदा स्थानीय बासिन्दाले पानी भर्न दिनभरि पालो कुर्नुपर्ने बाध्यता छ । नगरपालिकाले एकघर एकधारा’ को […]