भेडाको बथानमा चट्याङ, ४० भेडा मरे

स्थानीय नानो भण्डारीका १० भेडा मरेका छन्। २ भेडा  घाइते छन्। मुनबहदुर भण्डारीका ४ मरे, २ घाइते भए।  मुणिप्रसाद अधिकारीका १७ भेडा मरेका छन्। ७ घाइते छन्। देवीप्रसाद अधिकारीको ९ भेडा मरेकोमा ४ घाइते भएको  इलाका प्रहरी कर्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए। चट्याङ लागेर भेडाबाख्रा मरेपछि झण्डै ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।भेडाखर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुर्खौली पेसालाई नै ध्वस्त बनाएको गुठिचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरी जानकारी दिए। उनले भने, ‘यो क्षेत्र भेडापालनको लागि उपयुक्त क्षेत्र हो। यहाँ चरन क्षेत्र पनि प्रशस्त छ। तर बर्षेनी हुने प्रकोपका कारण भेडाबाख्रा मार्ने गरेको छ।’

यो क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो। गिरीले भने, ‘भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको बिषयमा पहल अघि बढ्नेछ।’ जुम्लामा ०७० सालमा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ।

सम्बन्धित शीर्षक