एउटै चितुवाले २२ खसी बाख्रा खाइदिएपछि…

बर्दिया । एक चितुवाले बढीमा कति बाख्रा वा खसी खान्छ ? सबैकाे अनुमान हुन्छ बढीमा दुइ वा तीन । तर बर्दियामा एक चितुवा खाेरमा पसेर २२ ओटा खसी र बाख्रा मारिदिएकाे छ । गुलरिया नगरपालिका वडा नम्बर ५ सन्ताेषी टाेलमा गएराती खोरमै पसेर २२ वटा खसी र बाख्रालाइ मारेकाे हाे ।

सदरमुकामस्थित सन्तोषी टोलका किसान चन्द्रकान्त पौडेलले सञ्चालन गरेको वृष पशुपन्छी तथा बाख्रा पालन फर्ममा पालिएका खसी र बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टाेली फर्ममा पुगेकाे थियाे । घटनाबारे अनुसन्धान शुरू गरिएकाे र त्यसपछि मात्रै यथार्थता थाहा हुने प्रहरीकाे भनाइ छ ।

सम्बन्धित शीर्षक