कर्णालीका बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा

  ।   ११ आश्विन २०७८, सोमबार १७:३९

सुर्खेत । कर्णालीका बालबालिका मानव बेचबिखन तथा ओसारपसारको जोखिममा छन् । प्रदेशका सबैजसो जिल्लाबाट बालबालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको हो । बालबालिकाको कमजोर पारिवारिक स्थितिको फाइदा उठाउँदै अनेक प्रलोभनमा पारी काठमाडौं, पोखरालगायतका सहरहरूमा लैजाने गरिएको छ ।

बालबालिकालाई यसरी गाउँबाट सहरसम्म लिन गिरोहहरू नै संलग्न छन् । प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/मा सुर्खेतका मात्रै नौ जना बेचबिखन तथा ओसारपसारमा परेका हुन् ।

यस्तै, यो अवधिमा सल्यानमा चार, जुम्लामा तीन, दैलेखमा दुई र कालीकोट तथा रुकुम (पश्चिम)मा एक–एक जनाको बेचबिखन भएको हो । यो तथ्याङ्क प्रहरीमा खोजतलासका लागि अनुरोध गरिएकाहरूको मात्र हो । हराएका अधिकांश बालबालिकाको उजुरी प्रहरीसम्म पनि आइपुग्दैन ।

प्रदेश प्रहरी कार्यालयअनुसार चार वर्षको अवधिमा कर्णालीका २० जना बालबालिका मानव बेचबिखन तथा ओसारपसारमा परेका छन् । आइतबार कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कर्णालीमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था डरलाग्दो रहेको बताइएको छ ।

अधिवक्ता कपिल अर्यालले गाउँगाउँबाट बालबालिकालाई काठमाडौंका बालगृहरूमा लगिने गरिएको बताउनुभयो । ‘यहाँबाट लिएर बालगृहमा राखिन्छ,’ उनले भने, ‘उनीहरूलाई देखाएर विदेशी संस्था तथा व्यक्तिहरूबाट रकम असुल्ने गरिएको पाइन्छ ।’ वैदेशिक सहायताका लागि बालगृहका सञ्चालकहरूले बालबालिकालाई जबरजस्ती अनाथ बनाउने गरेको उनले बताए ।

केही वर्षयता बालबालिकालाई निःशुल्क पढ्ने–लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने समेत गरिएको छ । छोराछोरी त्यस्ता ठाउँमा पठाएर अभिभावकहरूले समेत रकम असुल गरेका घटना समेत सार्वजनिक हुने गरेका छन् । परिवारबाटै ओसारपसारको जोखिम भएपछि बालबालिका थप असुरक्षित बनेका हुन् ।

Next Post

एउटै चितुवाले २२ खसी बाख्रा खाइदिएपछि…

११ आश्विन २०७८, सोमबार १७:३९
बर्दिया । एक चितुवाले बढीमा कति बाख्रा वा खसी खान्छ ? सबैकाे अनुमान हुन्छ बढीमा दुइ वा तीन । तर बर्दियामा एक चितुवा खाेरमा पसेर २२ ओटा खसी र बाख्रा मारिदिएकाे छ । गुलरिया नगरपालिका वडा नम्बर ५ सन्ताेषी टाेलमा गएराती खोरमै पसेर २२ वटा खसी र बाख्रालाइ मारेकाे हाे । […]

सम्बन्धित