च्याउ खेतीबाट आत्मनिर्भर बनेकी लक्ष्मी

  ।   १८ चैत्र २०७७, बुधबार १७:२०

लक्ष्मी न्यौपाने, जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोटकी लक्ष्मी बुढ्थापा च्याउ खेती गर्छन् । उनले च्याउ खेती सुरु गरेको सात वर्ष भयो ।

जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै आफूले आत्मनिर्भर हुन च्याउ खेती रोजेको उनी बताउँछिन् । सुरुवातमा उनलाई आरयस नेपाल संस्थाले च्याउ खेती बारे तालिम दिएको थियो ।

तालिम सुरु हुुनुभन्दा पहिले उनले आयोजकलाई आपूmलाई पनि सहभागी गराउन अनुरोध गरेकी थिइन् । उनको चाहनाको कदर गर्दै संस्थाले तालिममा सहयभागी गरायो । पहिलोपटक तलिउममा तालिम लिएकी उनले दोस्रोपटक भने सदरमुकाममै तालिम लिइन् ।

आर्थिक अवस्था कमजोर भएका कारण आत्मनिर्भर बन्ने उद्देश्य सहित आफू यस पेसामा आएको उनको भनाइ छ ।‘मिठो खाने रहर सबैलाई हुन्छ । हरेक व्यक्ति राम्रो लगाउन चाहन्छ । तर मेरो घरमा त्यस्तो अवस्था थिएन । त्यसैले मैले संघर्ष धेरै गरेको छु ।’ उनी भन्छिन् ।

पारिवारिक टेनसन,चरम आर्थिक अभावका कारण कुनै बेला आफू विष किन्न समेत रुपैयाँ नहुने गरेको बताउने लक्ष्मी अहिले महिनौ हजारौँ रुपैयाँ कमाउँछिन् । अहिले उनले प्रत्येक दिन प्रति केजि ३०० रुपैयाँको दरले च्याउ बजारमा बजारमा बिक्री गरिरहेकी छन् ।

च्याउ खेतीबाटै वार्षिक ५० हजार भन्दा बढी कमाइ हुने उनले बताइन् । अहिले उनी च्याउ उत्पादन मात्रै होइन तालिम समेत दिन्छिन् । लक्ष्मीले भर्खरै मात्र ‘नविन च्याउ उद्योग’ पनि दर्ता गरेकी छन् ।

Next Post

खनाल–नेपाल समूहका स्थायी कमिटीले भन्यो– चार नेतालाई निलम्बन गर्नु एमाले फुटाउने दुराशय

१८ चैत्र २०७७, बुधबार १७:२०
चैत्र २१, २०७७ शनिबार काठमाडौँ — एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै मुलुकमा तानाशाही लाद्ने दुष्प्रयास गरिरहेको आरोप लगाएको छ । ओलीका यस्ता कदमविरुद्ध देशव्यापी रूपमा संगठित प्रतिवाद गर्न खनाल–नेपाल समूहले आमकार्यकर्तालाई आह्वान गरेको छ । माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका […]