सुर्खेती समाजसेवी ओम प्रकाशको अन्तिम संस्कार हुँदै

सुर्खेत । सुर्खेतमा समाजसेवीको रुपमा चर्चामा रहेका ओम प्रकास सुवेदीको मृत्यू भएसँगै सुर्खेत शोकमा डुबेको छ । मंगलबार काठमाडौंमा उपचारको क्रममा निधन भएका सुवेदीको अन्तिम अन्त्यष्टीका लागि आज विहान मात्रै शव सुर्खेत ल्याइएको थियो ।

वीरेन्द्रनगर-११ नेवारेमा अहिले उनी आवद्ध संघ संस्थाका पदाधिकारी, उनका आफन्तजन, शुभचिन्तक, नेकपा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा  अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।

उनी कुशल सामाजिक अभियान्ताको रुपमा प्रकाशको जन्म भएको जस्तो लागिरहेको बताउँदै सबैले प्रकाशले देखाएको बाटोमा अग्रसर भएर जानुपर्ने बताइएकाे छ । यसैबीच, आजै भेरी स्थित समौझीघाटमा अहिले उनको अन्तिम दाहसंस्कार गरिने तयारी भएको मृतक प्रकाशका आफन्तले जनाएका छन् ।

सम्बन्धित शीर्षक