फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याइँदै

  ।   ६ आश्विन २०७८, बुधबार ०७:१०

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि फ्रान्सबाट १४ लाख थान स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ। स्मार्ट कार्डको मौज्दात सकिएपछि विभागले फ्रान्सबाट ल्याउन लागेको हो।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार स्मार्ट कार्ड अबको एक महिनाभित्रमा नेपाल आइपुग्ने छ। उनले भने,‘कार्ड ल्याउन सबै प्रक्रिया पूरा गरिसकेका छौँ,अबको एक महिनामा कार्ड नेपाल आइपुग्छ।’

स्मार्ट कार्डको मौज्दात सकिएपछि विभागले २०७७ फागुन महिनाबाट नै कार्ड छापेको थिएन। कार्ड आएपछि निरन्तर छाप्ने उनले बताए। उनका अनुसार नयाँ र नवीकरण गरिएको करिब ७ लाख कार्ड छाप्न बाँकी बाँकी छ।

Next Post

रेडपाण्डा लगायत अन्य जनावरको दैनिक चोरी निकासी बढ्याे

६ आश्विन २०७८, बुधबार ०७:१०
जाजरकोट।  रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ। प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने वन्यजन्तुजन्य वस्तु र पक्राउ पर्ने मानिसको ग्राफ उकालो लाग्दा यस्तो देखिएको हो। विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ। संरक्षणका लागि सरोकारवालाको निगरानी कम […]