तिला गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान

  ।   १० फाल्गुन २०७७, सोमबार २१:०२

जुम्लाको तिला गाउँपालिकाले जेष्ठ नागरिकलाई ज्याकेट र पछ्यौरी उपलब्ध गराएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ज्याकेट र पछ्यौरी उपलब्ध गराएको हो । महिलालाई पछ्यौँरी र पुरुषलाई ज्याकेट दिइएको हो ।
पहिला दिन तिला गाउँपालिका १ का ३९ र तिला २ का ५९ जनालाई ज्याकेट र पछ्यौँरी प्रदान गरिएको हो । गाउँपालिकाको टोली गाउँमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
हरेक गाउँमा पुगेर तिला १ देखि ९ सम्मका ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गर्न लागिएको उपाध्यक्ष बिष्णु बुढाले बताइन् । सम्मान कार्यक्रम भेटघाट गर्ने थलो हो । जेष्ठ नागरिक संग एकआपसमा भलाकुसारी गर्ने अवसर हो, उपाध्यक्ष बुढाले भनिन्,“जेष्ठ नागरिक समाजका अमुल्य सम्पति हुन् । उनीहरुका राम्रा कार्य अनुसरण गर्दै भावि सन्ततिलाई हस्तान्तरण गर्नु आवश्यक छ । यो त्यसैको एक खुड्कीलो हो ।”
पहिलो बर्ष नबिल बैंक संग ज्याकेट, पछ्यौँरा र चौवानप्रास दिइएको थियो । दोस्रो बर्षमा कम्मल उपलब्ध गराइएको थियो । चालु आर्थिक बर्षमा ज्याकेट र पछयौँरा प्रदान गरिएको हो ।
जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नु पर्ने वातावरणको सिर्जना भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको महिला बालबालिका शाखाको आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
गाउँमै ज्याकेट र पछ्यौँरा पाउँदा जेष्ठ नागरिक दंग थिए । उपाध्यक्ष बुढाले जेष्ठ नागरिकबाट आर्शिवाद पाउनुका साथै राम्रो सुझाव पाएको बताइन् । उनले भनिन्,“उनीहरु आर्थिक रुपमा परिपक्क थिए । सामाजिक रुपमा अब्बल र पारीवारिक रुपमा कुशल अभिभावक हुन्थे । यो अहिले चाहिएको छ । ”
ज्याकेट र पछ्यौरी प्रदान गर्न उपाध्यक्ष बुढा, सामाजिक विकास अधिकृत जगबहादुर बस्नेत,महिला बालबालिका शाखा प्रमुख गौरी थापा लगायतका कर्मचारीको सहभागिता थियो ।

Next Post

नम्बर २४ बाहिनीले सेना दिबसमा दौड प्रतियोगिता गर्दै

१० फाल्गुन २०७७, सोमबार २१:०२
जुम्ला : नन्दाबक्स गण नम्बर २४ बाहिनी यहि २७ गते सेना दिबसको अबसरमा पाच किलो मिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त दिबसको अबसरमा कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मी, स्थानीय युवा क्लब र होटल व्यवसायीहरुले भाग लिन पाउनेछन् । यस्तै स्थानीय क्लव, एनजियो, आईएनजियो लगायतले सहभागिता जनाउन पाउने छन् । […]