जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल

  ।   ३ आश्विन २०७८, आईतवार ०६:५९
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले चाडपर्वलाई मध्येनजर गर्दै जुम्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। यही असोज १ गतदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो। जुम्ला शाखाले चामल र दाल सहुलियत मूल्यमा बिक्री गर्ने गरि पसल खोलिएको शाखा प्रमुख तिलक सुनारले जानकारी दिए।उनले भने, ‘सुपथ मूल्यका पसल सञ्चालन गरेर सहुलियतमा चामल दाल बिक्री गर्न थालिएको छ।’यो अवसरमा अरुवा मोटा चामल प्रतिकेजी ४७ रुपैयाँमा ५ रुपैयाँ सहुलियत छुट लिएर ४२ रुपैयाँमा बिक्री गरेको शाखा प्रमुख सुनारले बताए। अरुवा सोना मन्सुली चामल प्रतिकेजी ५१ रुपैयाँ ३० पैसा, मासको दाल प्रतिकेजी १७० रुपैयाँ, मसुरोको दाल प्रतिकेजी १४० र अरहरको दाल प्रतिकेजी १८३ रुपैयाँमा प्रतिकेजी ५/५ रुपैयाँ सहुलियत छुट मूल्यमा बिक्री थालेको उनले जानकारी दिए।उनले भने, ‘सुपथ मूल्यको पसल सञ्चालनमा आएपछि उपभोक्तालाई निकै सहज भएको छ। १ असोजदेखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न १ हजार क्विन्टल चामल दाल कोटा छुट्याएको छ। पहिलो दिन असोज १ गते १९ क्विन्टल चामल बिक्री भएको शाखा प्रमुख सुनार बताउँछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल तथा दाल बिक्री वितरणका लागि कार्यतालिका बनाएको छ। जसअनुसार आइतबार चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मंगलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी, शुक्रबार तिला र सिंजाका लागि चामल दाल बिक्री वितरण हुने भएको हो। बिहान १० देखि बेलुकी ३ बजेसम्म प्रतिव्यक्ति दुई बोरा (६० केजी) चामल दिने र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने नियम बनाएको छ।

यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमै सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो। सुपथ मूल्यका पसलबाट उपभोक्ताले नुन प्रतिकिलो १८ रुपैयाँ, चिनी प्रतिकिलो ७९ रुपैयाँ र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ।

सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिन ३ करोड रुपैयाँ छुट्याएको छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिन ३ करोड २५ लाख रुपैयाँ छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। मन्त्रालयले खाद्य कम्पनीका लागि १ करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रुपैयाँ छुट्याएको छ।

Next Post

६० वर्षीय वृद्ध कस्तुरीकाे विनासहित पक्राउ

३ आश्विन २०७८, आईतवार ०६:५९
सुर्खेत । सुर्खेत प्रहरीले एक होटलबाट कस्तुरीको विनासहित दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१२ भावर टोलमा रहेको आशा होटलबाट कस्तुरीको विनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेख घर भइ हाल भावर टोलमा सीता होटल सञ्चालन गर्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दननाथ नगरपालिका–२ का ६० […]

सम्बन्धित