कर्णाली अस्पतालाई २७ अक्सिजन सिलिण्डर प्रदान

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन प्रदान गरिएको छ। संक्रमणको पहिलो दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट) जिल्लामा निकै प्रभावकारी भुमिका निर्वाह गर्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई कोभिड प्रतिकायका लागि अक्सिजन प्रदान गरिएको हो।

अस्पताललाइ अक्सिजन सहित ७ लाख २८ हजार ५९ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो। अस्पतालाई प्राण बायुका रुपमा रहेको २७ वटा अक्सिजन सिलिण्डिर उपलब्ध गरिएको पेस नेपाल जुम्लाका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए।

कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाले जिल्ला कोभिड संकट व्यवस्थापन समिति जुम्लामार्फत अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। अक्सिजन सिलिण्डर २७ वटा, फेससिट ५ सय, सर्जिकल मास्क ६ हजार, ग्लोब्स १ सय पिस, पिपिई १ सय पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ५० वटा, भिटिएम किट १ सय लगायत ७ लाख २८ हजार ५९ रुपैयाँ बराबरको १० प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले मानव जातीको सवै भन्दा महत्वपूर्ण चिज स्वास्थ्य नै भएको बताइन।  स्वास्थ्यलाई बचाउनु पर्दछ। यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुको विकल्प छैन। उनले भनिन्,‘अनिवार्य रुपमा मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्री प्रयोग गर्न नछुटाउनु होला। कोरोना संक्रमण देखि आफु बचेर अरुलाई बचाउँनुछ।

‘जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख बुढाले पछिल्लो समय कोरोना संक्रमण नभएजस्तो नागरिक बिनामास्क हिँडिरहेको बताए। तर, दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेकाले सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

यसैबीच जुम्लाको तातोपानी गाउँपालिकालाई पनि कोभिड प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री दिइएकोछ। सेमी फोल्डिङ बेड २ सेट,फेशशिल्ड २५० शिल्ड,सर्जिकल मास्क ६ सय पीस,एन नाइन्टी फाइभ मास्क १ सय पीस,ग्लोभ्स १ सय पेयर,फुल पिपिइसेट ५० पीस,हेण्ड सेनिटाइजर ५० एमएल ५० बोत्तल,हेभी ड्युटी ग्लोब्स १ सय पेयर,एन्टीजेन टेस्टकिड १५० सेट,भिटिएम किड १ सय पीस,स्पोट चेक प्लस अक्सीमिटर ९ पीस,पोर्टेबल सक्शन मेसिन २ पीस,नेबुलाइजर मेसिन ५ पीस प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए।

सम्बन्धित शीर्षक