बालदिवशमा वादविवाद प्रतियोगीता

गणेश रावत,

५२ राष्ट्यि बालदिवशका अवसरमा जुम्लामा वादविवाद प्रतियोगीता आयोजना गरिएको छ । चन्दननाथ नगरपालिकाका १० वटै वडाबाट एक एक जनाले भाग लिन आग्रह गरिएकोमा ४ जनाले मात्र भाग लिएका थिए । जसमा दीपिका शाही प्रथम,आकृति न्यौपाने द्धितीय र गोकर्ण सुनार तृतीय भएका थिए । स्यानुमाया खत्रीले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएका छन ।
प्रतियोगीलाई चन्ददनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले पुरस्कार प्रदान गरेकी थिइन ।
यहाँका बालबालिकाले पुर्णरुपमा बालअधिकार प्राप्त गरेको नगरप्रमुख सेजुवालले बताइन । उनले बालबालिकाको क्षेत्रमा बनेका ऐन कानुनको पुर्ण कार्यन्वयन अहिलेको आवश्यकता भएकोमा जोड दिइन । नगरस्तरीय बाल संरक्षण समितिको आयोजनामा बालदिवश मनाइएको थियो । बालदिवश मनाउनको लागि चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाले आर्थिक सहयोग गरेको थियो ।
‘सामान्य अवस्थामा कोभिड महामारी बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ बालदिवश मनाइएको हो । बालदिवशमा आयोजित कार्यक्रमका वक्ताहरुले ठुला ठुला होटलमा बालश्रम हुने गरेको बताएका थिए । जब सम्म बालबालिकालाई सम्मान दिन सकिदैन तब सम्म बालदिवश मनाउनको अर्थ नहुनेमा जोड दिएका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत धनराज शाहीले बालबालिकाको हीत र अधिकारीका लागि सामुहिक ऐक्केबद्धताको खाँचो रहेको बताए । यसमा सबैको े सहकार्य चाहिएको छ । बालवालिकाले शिक्षा प्राप्त गर्न पाउने अधिकार बालअधिकार अहिले पनि संरक्षण हुन सकेको छैन्, उनले भने,‘ दिन प्रतिदिन बालवालिका शोषित हुदैछन् । बलात्कार जस्ता जघन्य हिंसा भइरहेको छ । अबको दिनमा महिला,दलित,जनजाति सबै एक एक भएर अगाडी बढेमा अधिकार स्थापित हुने छ ।’
कोभिडका कारण दुई वर्ष देखि बाल दिवस मनाउन नपाएको स्वास्थ्य शाखा संयोजक क्षेत्र वहादुर महतले बताएका छन् । अहिले बालदिवश मनाउदा सबै हर्षित भएका छौँ ।

सम्बन्धित शीर्षक