हुम्लाकाे खार्पुनाथ गाउँपालिकामा भालुको आक्रमण

  ।   २८ भाद्र २०७८, सोमबार १८:१३

हुम्ला । हुम्लामा बाली लगाएको जग्गामा काम गरिरहेकी महिलालाई भालुले आक्रमण गरेको छ । खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँकी महिलालाई कोदो लगाएको खेतमा भालुले आक्रमण गर्दा घाइते भएकी हुन् ।

छिप्रा गाउँकी ३६ वर्षकी असली उपाध्यायलाई जग्गामा एकलै काम गरिरहेको बेला भालुले आक्रमण गरेर घाइते बनाएको हो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले आइतबार दिउँसो गाउँकै सीता मावि नजिकको कोदो लगाएको जग्गामा काम गरिरहेको बेला एक्कासी भालुले आक्रमण गरेर घाइते बनाएको बताए ।

भालुको आक्रमणबाट घाइते भएकी उपाध्यायको गाउँलेले थाहा पाएपछि उद्धार गरेर स्वास्थ्य चौकीमा ल्याएर प्राथमिक उपचार गरिएको थियो । त्यसपछि स्वास्थ्य चौकीबाट उनलाई गाडीमा जिल्ला अस्पताल ल्याएर उपचार कार्य भइरहेको अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।

घाइते महिलाको टाउको , स्तन र हातको पाखुरामा रक्ताम्मे हुने गरि भालुले आक्रमण गरेको छ । टाउकोबाट रगत निक्कै बगेको छ । उनले अहिले अस्पतालमा उपचार कार्य भइरहेको छ । उनको अवस्थाका बारे अहिले नै भन्न नसकिने बोहराले बताइन् ।

Next Post

कर्णाली प्रदेशसभामा थन्किए विधेयक

२८ भाद्र २०७८, सोमबार १८:१३
सुर्खेत । कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गरेपछि बर्खे अधिवेशन अन्त्य गरेर सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको थियो । असार १ मा बजेट ल्याएको सरकारले त्यसयता अर्को अधिवेशन आह्वान गरेको छैन । अधिवेशन बोलाउनेबारे सरकारले तयारी समेत नथालेको हो । संसद् अधिवेशनको टुङ्गो नहुँदा प्रदेशसभामा […]