पाँच दिनदेखी हुम्लामा विद्युत सेवा अवरूद्ध

  ।   २८ भाद्र २०७८, सोमबार १७:३८

हुम्ला । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनु परेको हाे ।

हिल्दु साना जलविद्युत् आयोजनाद्वारा विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्न समेत थप समस्या बनेको छ । यसबाट मोबाइल चार्जदेखि अन्य विद्युत्बाट गरिने कार्य प्रभावित भएका हुन् । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ ।

यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेटरबाट टेलिकमका सम्र्पूण सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । कार्यालयमा रहेका सोला सिस्टमले काम नगर्दा जेनेटरको प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताइएको छ ।

सिमकोटमा रहेका दुई सामुदायिक रेडियोलाई प्रत्यक्ष प्रशारणमा थप समस्या बनाएको छ । सिमकोटमा रहेका सामुदायिक रेडियो कर्णाली आवाज र रेडियो कैलाश एफ एमको नियमित प्रसारणमा विद्युत् आपूर्ति बन्द हुँदा बन्द गर्नु परेको छ । दैनिक दश घण्टा सञ्चालन गर्दै आएका जिल्लाका सामुदायिक रेडियोले आफ्नो प्रशारणलाई बाधा पुगेको रेडियो कर्णाली आवाजका निमित्त इस्टेशन इन्चार्ज सुरेश परियारले जानकारी दिए ।

Next Post

विश्वविद्यालयमा राजनीति बन्द हुनुपर्छ : उपकुलपति सिंह

२८ भाद्र २०७८, सोमबार १७:३८
  सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयमा दैनिकजसो हुने दलीय राजनीति पूर्णरूपमा बन्द हुनुपर्ने बताएका छन्। उपकुलपति सिंहले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले ‘सोनसिक साझा मंच–भाग ३’ मा मध्य–पश्चिम विश्वविद्यालयका उपकुलपति  सिंहसँग गरेको संवादमा उनले यस्तो बताएका हुन्। सिंहले आफ्नो नेतृत्वमा मध्यपश्चिम […]