जुम्लामा नेकपा एकीकृत समाजवादीको बृहत शक्ति प्रदर्शन, एमाले सकियको नेता ःज्वालाको भनाई

नेकपा एकीकृत समाजवादी जिल्ला समिति जुम्लाले जुम्ला सदरमुकाम खलंगामा बृहत जनप्रदर्शन गरेको छ । नेकपा एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादीले जुम्लामा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो । अगुवा कार्यकर्ता भेला संगै प्रदर्शन गरेको समाजवादीले जुम्लामा आफु अब्बल रहेको दाबी गरेको छ । नेकपा एमाले भन्दा आफु बलियो भएको प्रमाणित गर्न पनि समाजवादी शक्ति प्रदर्शन गरेको जनाएको छ ।
प्रदर्शनमा जुम्लाका आठै स्थानीयतहका झण्डै ५ हजार नेता कार्यकर्ता सदरमुकाम झरेको बताइएको छ । प्रथम जिल्ला भेला तथा प्रदर्शनलाई एकीकृत समाजवादी कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संवोधन गरेका छन । उनी संगै कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषिमन्त्री कुर्मराज शाही, प्रदेश सभा सदस्य पदमबहादुर रोकाया लगायत पेशागत संघ संगठनका केन्द्रीय स्तरका नेताले कार्यक्रमलाई संवोधन गरे ।
जुम्लाको बसपार्कमा रहेको पार्टी कार्यालयबाट शुरु भएको प्रर्दशन,कालेखोली, जिल्ला प्रशासन कार्यालय अगाडीबाट बिजयनगर हुदैँ कभर्डहलमा पुगेर भेलामा परिणत भएको थियो । भेलालाई संवोधन गर्दै एकीकृत समाजवादी कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले हजारौँ कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले पार्टी विलय भएको संकेत गरेको बताए । उनले भने,‘अब जुम्ला एमालेको रहेन । समाजवादीका लालकिल्ला बन्नेछ । ’
व्यक्तिवाद,अंहकार तथा विधि पद्दति विपरित काम गर्ने विरुद्ध डटेर सामाना गर्न नेपाली राजनीतिमा विद्रोहका रुपमा नेकपा एकीकृत समाजवादी पाटीको जन्म भएको बताए । उनले समाजवादी पार्टीको विद्रोह जुम्लाबाटै शुरु बताउँदै जुम्लामा नेकपा एमाले सकिएको भन्ने पृष्टि भइसकेको बताए । ’ उनले भने,‘जुम्लामा एमाले रहेन । सबै मिलेर समाजवादी पार्टीलाई स्थापित गरौँ । यसैमा सबै नेता कार्यकर्ताको भलाइ हुनेछ । ’
कृषिमन्त्री कुर्मराज शाही,सांसद पदम रोकाया लगायतले कर्णालीकै सबैभन्दा ठुलो र बहुमत भएको एकीकृत समाजवादी पार्टी जुम्लामै निर्माण हुने विश्वास व्यक्त गरे । एकीकृत समाजवादी पार्टी जुम्लाका अध्यक्ष तिर्थबहादुर बुढाले एउटै घरभित्र पनि सधै किचलो,सधै अन्याय र अत्याचार सहेर बस्न नसकिने भन्दै एमाले भित्र केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा एमाले भित्रै वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको बताए । जुम्लामा एमाले समाप्त भईसकेको दाबी गर्दै अध्यक्ष बुढार्ले कार्यकर्ताको भरोसा,विश्वास तथा संख्यात्मक हिसाबले एमाले भन्दा समाजबादी पार्टी बलियो र ठुलो भएको उनले बताए । जुम्लाका एमालेबाट निर्वाचित ९० जना जनप्रतिनिधि मध्ये ४४ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । ६१ जनाको जिल्ला कमिटी रहेकोमा ५८ जनाले समाजवादी रोजेका छन ।

सम्बन्धित शीर्षक