वीरेन्द्रनगरका हाइमार्स लाइट दशैं अगाडि सञ्चालनमा आउने

सुर्खेत । कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विकासमा पनि फड्को मार्दै गएको छ । पछिल्लो समय अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रनगरले स्वास्थ्य, शिक्षा लगाएत सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा सुधार ल्याएको हो ।

वीरेन्द्रनगरमा तिब्र विकासे गतिविधिसँगै हरियाली सहर र शान्ती सुरक्षा मजबुद पार्ने अवधारणा नगरपालिकाले अघि सारेको छ । सोही अनुसार सहरको शोभा बढ्ने गरी विकास निर्माणलाई तिब्रता दिइएको नगर प्रमुख देवकुमार सुवेदीले बताए । उनका अनुसार वीरेन्द्रनगरको रात्रीकालिन सौन्दर्य बढ्ने र शान्ती सुरक्षा कायम हुने गरी मुख्य बजार क्षेत्रमा हाइमार्स लाइट र सिसिटिभी क्यामेरा जडान गरिएका छन् । मर्मतकाे काम बाकीँ नै रहेकाे र अहिले बर्षादकाे समय भएकाले लाईट सञ्चालन हुन ढिलाइ भएकाे छ । अब दशै अगाडि नै लाईट सञ्चालनमा आउने नगर प्रमुख सुबेदीले बताए ।

नगरपालिका र प्रदेश सरकारको समन्वय तथा संयुक्त लगानीमा मुख्य बजार क्षेत्रमा १२ वटा हाइमार्स लाइट जडान गरिएको सुवेदीले बताए । ‘हाल वीरेन्द्रनगरको ऐरीचौक, मंगलगडी चौक, बसपार्क, वीरेन्द्र चौक लगाएतका १२ वटा मुख्य बजार क्षेत्रमा हाइमार्स लाइट जडान गरेका छौं’ उनले भने, ‘यसले सहरको रात्रीकालिन सौन्दर्य बढ्नुका साथै शान्ती सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत सहज हुने अपेक्षा छ । क्रमश नगरपालिकाका अन्य बजार क्षेत्रमा पनि  हाइमार्स लाइट जडान गर्नेछौं ।’

कुल १ करोड २० लाखको टेण्डर प्रक्रियाबाट १२ वटा हाई मार्क्स लाइट जडानका गरिएका हुन् । यस्तै नगरपालिकाले बजार क्षेत्रमा १० लाख लगानीबाट ४ वटा सोलार लाइट पनि जडान गरेको छ । भने १ करोड बजेटको टेण्डर प्रक्रियाबाट सुर्खेत उपत्यका भरी १ सय १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । चोरी नियन्त्रण, शान्ती सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामेरा जिल्ला प्रहरी कार्यालय मातहतमा रहने गरी निगरानी बढाइएको छ ।

सम्बन्धित शीर्षक