आँखा उपचार केन्द्रमा विरामीको चाप

पछिल्लो समयमा जुम्लामा आँखाका रोगीहरु बढेका छन् । आँखा उपचार केन्द्रका अनुसार जुम्लामा आँखा उपचार गराउन आउनेको संख्या बढेको हो । लामो समयको खडेरीका कारण धुलो धुवाका भएकोले आँखाका बिरामी बढेका हुन् ।
प्रत्येक दिनमा ३० दे िख४० जना सम्म आँखाका रोगीहरु उपचारका लागि आउने गर्छन् । जिल्लाको आइवर्कर सुपरभाइजर दलबहादुर महतराले यो आर्थिक बर्षको साउन महिनामा मात्र ५ सय १७ जना आँखाको बिरामीको उपचार भएको बताउँछन् । ्
उनका अनुसार भदौ महिनामा ४ सय ९७,असोजमा ५ सय ७६ ,कार्तिकमा ५ सय ५८, मंसिरमा ४ सय २६,पुसमा ३सय ९८ र माघ महिनाको हाल सम्म ३ सय २५ जना आँखाका बिरामीहरुले सेवा लिएका हुन् ।
आँखा उपचार केन्द्र जुम्लाले आँखा पाक्ने, चोट पटक लागेको,छारो परेको , धुवा धुलो परेको र आँखाको मोतिया बिन्दु लगायत आँखाका बिरामीहरुको उपचार गर्ने गरेको छ ।
आँखालाई सुरक्षित राख्न प्रत्येक दिन आँखाको बिरामीले कम्तीमा २ देखि ४ पटक सफा पानीले आँखा धुने, धुवा धुलोबाट बच्न बिरामी व्यतिmले आँखा चेक गराएर चस्मा लगाउर्ने सुझाव दिएका छन् ।
दलबहादुरले भने,’‘आँखाको परेलीमा सानो डल्लो पलाएको वा मासु पलाएकोमा शिविर बसेको बेलामा अप्रेसन हुन्छ । कोरोना भाईरसका कारणले गर्दा यस बर्ष आँखा उपचार केन्द्र जुम्लाले शिविर सञ्चालन गर्न सकेको छैन् । ’
आगामी चैत्र देखि अर्कौ बैशाख महिना सम्म आँखाको शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । भिटामिन ए का कारणले आँखा कमजोरी हुने भएकाले भिटामिन ए प्राप्त हुने तत्व खान आँखाका रोगीलाई उनले सुझाए । सागपात, पहेला फलफुल, गेडागुडी, विशेष गरेर जनावरको कलेजो खाएमा आँखाको समस्या निवारण हुन सक्नेमा जोड दिए ।

सम्बन्धित शीर्षक