काँग्रेसमा तीनै तहको चुनाव सामाना गर्ने नेतृत्व आवश्यक छ : नेता श्रेष्ठ

  ।   २१ भाद्र २०७८, सोमबार १७:०४

नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले तीनै तहको चुनाव सामाना गर्ने नेतृत्व अहिलेको आवश्यकता रहेको बताएका छन । उनले निकट भविष्यमा आउन लागेको स्थानीयतह,प्रदेश र केन्द्रीय अधिवेशनले सबै प्रकारका चुनौति सामाना गर्न सक्ने सक्षम नेतृत्व अहिलेको आवश्यकता भएको बताएका हुन ।
पार्टी कामको शिलशिलामा एक सातादेखि जुम्लामा रहेका नेता श्रेष्ठले पार्टीलाई एकताबद्ध गर्दै एकताको अधिवेशनका रुपमा अघि बढाउन आग्रह गरे । उनले भने,’‘अबको चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन अत्यधिक रुपमा पहल गर्ने,जस्तो सुकै चुनौतिको सामाना गर्ने नेतृत्व चाहिएको छ । अहिले सबै नेता कार्यकर्ता मिलेर सर्वसहमतीय नेतृत्व चयन गर्नुपर्छ । यो कार्यले नै समग्र काँग्रेस पार्टी र काँग्रेसी जनको भलाइ हुनेछ ।’
काँगे्रेस प्रजातान्त्रिक पार्टी हो । प्रजातन्त्रको मेरुदण्ड काँग्रेस हो । लोकतन्त्रमा विचार र असहमति राख्न पाइन्छ । तर सबै मिलेर सही नेतृत्व चयन गर्न लाग्नुपर्छ ।अनि मात्र काँग्रेस पार्टीको हीत हुन्छ । काँग्रेस कार्यकर्ताको भलाइ हुन्छ । उनले थपे,‘अवको अधिवेशनमा सबै मिलेर सहमतिका साथ नेतृत्व चयन गर्ने बेला हो । ’
काँग्रेस सबैको पार्टी हो । कार्यकर्ता सबै काँग्रेसका हुन भन्ने सन्देश फैलाउन जरुरी रहेकोमा जोड दिए । पार्टी भित्रको गुट,उपगुट लगायतका सबै मतभेद अन्त्य गर्नु पर्ने उनी बताउँछन । उनले आगामी असोज ५ गते हुने जिल्ला अधिवेशनमा सहमतीय नेतृत्वको विकल्प नभएको बताए । एक जीवित पार्टीमा स्वस्थ प्रतिश्पर्धा हुनुपर्छ । सक्षम नेतृत्व आउनुपर्छ, नेता श्रेष्ठले भने,‘पार्टीमा निरन्तर क्रियाशिल रहेको, योगदान दिएको र चुनौति सामाना गर्न सक्ने नेतृत्व ल्याउनुपर्छ । यसका लागि सबै काँग्रेसीजन लागिपर्नु पर्छ ।’
अबको नेतृत्व पार्टी हाक्न सक्ने, जनताको मनमुटुमा बस्न सफल,जनता संग घुलमिल हुन सक्ने र कार्यकर्ताको संरक्षण गरेर पार्टीको हीतको लागि हरदम खटिने हुनु पर्ने बताए ।उ नले सक्षम नेतृत्व छनौटका लागि जुम्लाका काँग्रेसी कार्यकर्तालाई आग्रह गर

Next Post

जुम्लाका खेलाडीलाई मैदानकै पिरलो

२१ भाद्र २०७८, सोमबार १७:०४
जुम्लाकी राममाया बुढा राम्रो संभावना बोकेकी एथ्लेटिक्स खेलाडी हुन्। उनी एकाबिहानै जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित सिमाचौरमा प्रशिक्षणका लागि आउँछिन्। घरबाट निस्कँदा खेलमैदान राम्रो होस्। हिलो नहोस भन्ने चाहन्छिन्। तर खेलमैदानमा पुग्दा हिलोले निकै सास्ती दिने गरेको छ। अनि उनलाई लाग्छ, ‘यो देशमा सबैभन्दा अपहेलित त खेलाडी नै हुन्। जसले […]